वीरगंज । प्रहरीले भंसार राजस्व छली गरि ल्याएको आशंकामा खाद्यान्न तथा कपडाहरू नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं–१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट टाउकोमा बोकेर ल्याउदै गर्दा कपडा बरामद गरेको हो ।
सामान बोकेर वीरगंज तर्फ आउदे गरेका १० भन्दा बढी भरियाहरु प्रहरीलाई देखे पछि टाउकोमा बोकेको पोको फालेर भागेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए ।
प्रहरीले बरामद गरेको कपडाको बजार मूल्य ६ लाख करिब रहेको बताइएको छ । बिभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
तपाईको प्रतिक्रिया