वीरगंज महानगरपालिका वडा नं ११ का उमेश प्रसाद यादवलाई उपचारकालागि सहयोग उपलब्ध गराइदिन सोही वडाका वडाध्यक्ष अजय कुमार बरैले अपिल गरेका छन ।
सडक दुर्घटनामा परेका कानुको एल एस न्यूरो अस्पताल वीरगंजमा उपचार भइरहेको छ । उनको उपचारमा ६ लाख रुपैया भन्दा बढी रकम लागेको छ ।
अत्यन्तै गरिब परिवारका कानुको उपचारमा उनको भएको जायजेथाले नपुगेपछि वडाध्यक्ष बरैले सार्वजनीक रुपमा अपिल गरेका हुन ।
आफनो सामाजिक संजाल फेसबुकमा वडा कार्यालयको तर्फबाट एउटा आर्थिक सहयोग सम्बन्धको चिठी नै लेखेर बरैले सहयोगको अपिल गरेका छन ।
बरैले उनी गरिब असहाय रहेकोले उपचारमा सहयोग पुरयाईदिन आग्ह गरेका छन । उनले कानुको परिवार सीता देवीको नाममा सिटीजन्स बैंक इन्टरनेशनलमा रहेको खाता नं ००३०१०००००७६४०४५ नम्बरको खाता नम्वर समेत सार्वजनीक गरेका छन । मोवाईल नम्बर ९८०९३२६०१४ पनि सार्वजनीक गरेका छन ।
तपाईको प्रतिक्रिया