logo

राजस्वछलीका सामान र प्रतिवन्धित लागुऔषध सहित एक युवा पक्राउ

 इसीमाना सम्वाददाता     २०८० सावन ३ गते १०: ५६ मा प्रकाशित     285   पटक पढिएको

बीरगंज । भन्सार छली चोरी पैठारी गरी ल्याएको ६ लाख मूल्य बराबरको विभिन्न किसिमका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।


बुधवार जिल्ला प्रहरी कार्यालय अर्न्तगतका बिभिन्न प्रहरी कार्यालयबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका ६ लाख बारबरका सामानहरु बरामद गरी नियन्त्रणमा लिएको छ ।

 

बरामद समानमा पर्दाको कपडा, कुर्ता सुरवाल,सुती साडी,नाईटी ,कुर्ता सुरवालको थान कपडा,सर्टको थान कपडा,सर्टको रोल कपडा,पाईन्टको थान कपडा र लेडिज कुर्थाको थानवाला कपडा रहेको छ ।

 

समानहरु आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

यसैगरि जिल्ला प्रहरीे कार्यालय पर्साले लागु औषध सहित चितवनको खैरनी नगरपालिका–२ पर्सा टोल बस्ने २० बर्षिय सुनिल बिकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकमा बिरगंजबाट हेटौडातर्फ जाँदै गरेको बसबाट बिकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।पक्राउ परेका उनको साथबाट लागु औषध नाइट्राभेट ट्याब्लेट ६ सय पिस बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।


पक्राउ परेका बिकलाई लागुऔषध समबन्धि कसुरामा अदालतबाट पाँच दिनको म्याद थप गराई कारवाही अघि बढाइएको गिरीले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.