logo

बीरगंज कलेजको आयोजनामा लेखा प्रणाली सम्बन्धि तालिम प्रारम्भ

 इसीमाना सम्वाददाता     २०८० भदौ २ गते ०६: ५२ मा प्रकाशित     686   पटक पढिएको

वीरगन्ज। वीरगन्ज कलेजले शनवारदेखि सातदिने लेखा प्रणाली सम्बन्धि प्रशिक्षण शुरू गरेको छ । भिस्वा होटलमा आयोजित तालिमको उद्योग वाणिजय महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले गरेका थिए ।

 

टेमानीले वीरगन्ज औद्योगिक र आर्थिक सहर भएर पनि व्यावसायिक दक्षतामा कमजोर रहेको चर्चा गर्दै कलेजले प्रयोगात्मक तालिमको आयोजना गरेर राम्रो गरेको बताए ।

May be an image of 4 people, table, tablecloth, dais and buffet

उनले व्यावहारिक ज्ञान र सीपबाट नै व्यावासयिक दक्षता हासिल गर्ने भएकोले एकाग्र मनले तालिम लिन सुझाव दिए । बजारमा सबैभन्दा धेरै माग लेखाको नै हुने र रोजगारीका लागि पनि सहज क्षेत्र लेखा नै भएकोले यसको महत्व बुझेर कलेजले शुरु गरेको तालिम उपयोगी हुने विश्वास व्यक्त गरे।

 

वीरगन्ज कलेज संचालक समितिका अध्यक्ष डा दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य के.सी. लामिछाने, मधेस प्रदेश महासचिव श्याम बञ्जरा ,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, बरिष्ठ उपाध्क्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, सहसचिव निरज अग्रवाल, एनएमबी बैंकका शाखा प्रबन्धक सौरभ सर्राफ,लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कलेज प्रशासन प्रमुख सुरेश चौधरीले स्वागत गरेका थिए । सहजीकरण कलेजका शिक्षक कृष्णा पासवानले गरेका थिए । कार्यक्रममा कलेजमा १२ कक्षाको नतिजमा राम्रो अंक ल्याउने बिद्यार्थीलाई सम्मान गरिएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.