logo

पत्रकार यादवमाथि हातपात गर्ने तीन जना, प्रहरी कस्टडीमा, कारवाही गर्न महासंघको माँग

 इसीमाना सम्वाददाता     २०८० भदौ ४ गते ०७: ५६ मा प्रकाशित     617   पटक पढिएको

चन्द्रपुर। नेपाल पत्रकार महासंघ रौतहट जिल्ला कार्य समिति सदस्य तथा हिमालयन टेलिभिजनका संचारकर्मी राकेशकुमार यादव माथि बृन्दावनमा हातपात गर्दै दुरब्यवहार गरेका छन ।

 


मापदण्ड विपरित संचालित रहेका क्रशर उद्योगको सम्बन्धमा रिपोटिंग गर्न जाँदा उक्त क्रशर उद्योगले पालेका लठैत एवं चन्द्रेमुन्द्रेले हातपात गरेका हुन।


वृन्दावन नगरपालिका वडा नम्वर १ शिवम क्रशर उद्योगमा खोलाजन्य बस्तुहरु थुपारिएको तथा जिल्ला अनुगमन समितिबाट स्टक परिक्षण नगराईकन विक्री वितरण गर्दै आएको खवर श्रोतबाट प्राप्त भएपछि महासंघका जिल्ला कार्य समिति सदस्य एवं हिमालयन टेलिभिजनका रौतहट संवाददाता यादव उक्त क्रशरमा पुगेपछि उनीमाथि हातपात भएको हो ।


उनीहरुले संचारकर्मी यादवको क्यामरा फूटाएका छन । यसैवीच नेपाल पत्रकार महासंघ रौतहटले एक बिज्ञप्ति जारी घटनाको सन्दर्भमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छन ।

 

अबैध रुपमा संचालित शिबम क्रशर उद्योगका कर्मचारी माथि कडा कारवाही गर्नुपर्ने नेपाल पत्रकार महासघ रौतहटका सचिव मदन ठाकुरद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

 

त्यसैगरि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा र प्रेस चौतारी नेपाल रौतहट शाखाका सचिव मुकेश कुमार साहले पनि बिज्ञप्ति जारी गरि दोषीलाई कारवाही गर्न माँग गरेका छन ।

 

उनीहरुले पत्रकार यादवका संचार उपकरणको क्षतीपूर्तीको पनि माँग गरेका छन ।मापदण्ड विपरित संचालनमा रहेका शिवम क्रशर उद्योग नियम बिपरित संचालितमा पत्रकार यादव माथि हातपात गर्ने क्रशरका कर्मचारी राजदेव ठाकुर, महेश चौधरी र राधेश्याम यादवलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यलय गरुडाले जनाएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.