logo

सूचनाको भोक मेट्ने रेडियो प्रभावकारी माध्यम होः पूर्व महानगरप्रमुख सरावगी

 इसीमाना सम्वाददाता     २०८० भदौ २७ गते ०९: ५५ मा प्रकाशित     627   पटक पढिएको

वीरगन्ज । बीरगंज महानगरपालिकाका पूर्व प्रमुख बिजय कुमार सरावगीले आम नागरिकको सूचनाको भोक मेटने प्रभावकारी माध्यम रुपमा रेडियो नै रहेको बताएका छन ।

 

बुधबार साँझ होटल मकालुमा आयोजना गरिएको सामुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्जको आजीवन सदस्यता वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन ।

उनले रेडियो एफ.एमहरु मध्य सामुदायिक रेडियोहरुले समाज रुपान्तारणका लागि खेलेको भूमिका अझ अनुकरणीय रहेको बताए । सरावगीले सामुदायिक रेडियो अन्य व्यावसायिक रेडियो भन्दा फरक रहेको र यसले खेलेको प्रभावकारी भूमिकाले नै समाजमा पनिवर्तनहरु देखिएको बताए ।

 

उनले सञ्चार माध्यमहरु धेरै भएपनि जनताको न्याय र सुशासनको पाटोमा भने थोरैले मात्रै भूमिका खेल्ने गरेको उल्लेख गर्दै अहिले संघीयतापछि भए गरेका भ्रष्टाचार र अनियममितताको विरुद्ध सामुदायिक रेडियोले नै बोल्न सक्ने र बोल्नुपर्ने बताए ।

 

जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले संघीय संरचनापछि पनि आम मानसिकता र मिडियाहरुको मानसिकता यथास्थितिवादी नै रहेकोले त्यसको परिवर्तनका लागि सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको बताए ।

 

उहाँले संघीयतामा तीनै तहका सरकारहरुको अधिकार क्षेत्र, काम, कर्तव्य र अधिकारको विषयमा अझै नागरिकमा पुग्न नसकेकोले संघीयताको अभ्यासलाई जन जनमा पुग्ने गरी कार्यक्रमहरु आउनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछानेले सञ्चार मध्यमहरु मध्य अहिलेपनि रेडियो नै प्रभावकारी सूचनाको माध्यम भएको बताए । उनले अझै धेरै नागरिकको विश्वासिलो सूचनाको माध्यम भनेको रेडियो नै भएकोले सामुदायिक रेडियोले प्रवाह गर्ने सूचना अझ धेरै विश्वसनीय हुनुपर्नेमा जोड दिए ।

नेपाल चिकित्सक संघका उपाध्यक्ष डाक्टर निरज सिंहले नारायणी एफ।एमले हरेक क्षेत्र र विषयमा निरन्तर सूचना प्रवाह गर्दै आएको बताउदै आम नागरिक र श्रोताको अझ सशक्त माध्यम बन्नुपर्ने बताए ।

 

नारायणी एफ.एमका कार्यकारी अध्यक्ष गोविन्द दोवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा एफ.एम।का आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

यस वर्षको सुबोध स्मृति पत्रकारिता  पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत हुने

वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.