logo

घाँटी रेटि महिलाको हत्या ,अनुसन्धान जारी, नतिजा चाडै आउने प्रहरीको बिश्वास

 इसीमाना सम्वाददाता     २०८० असोज ३ गते ०७: ४३ मा प्रकाशित     812   पटक पढिएको

वीरगञ्ज । जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीमा ४० वर्षीया कान्ति देवी मुखिया बिन हत्या भएको छ । उनको आफ्नै घरमा मंगलबार साँझ घाँटी रेटि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

उनको शव अर्धनग्न अवस्थामै रहेको घटना प्रकृति मुचुलकामा उल्लेख छ ।बिनको टाउँकोमा चोट लागेको पाइएको छ । घटनास्थलबाट भने एउटा बाँसको भाटा पनि भेटिएको छ । त्यही भाटाले उनलाई प्रहार गरी हत्या गरिएको अनुमान प्रहरीको छ ।

दुई छोरा र ३ छोरीकी आमा हुन् बिन । जसमध्ये सबै छोरीहरूको विवाह भइसकेको छ । दुबै छोरा रोजगारीको सिलसिलामा बाहिर रहेका छन । एक जना विदेशमा र अर्को हेटौँडा बस्दै आएका छन । मंगलवार मात्रै बीरगंजको छपकैयामा फेला परेको शवको बारेमा सखानत हुन नसकेको प्रहरीको भनाई छ ।

 

घटनाको समय र प्रकृति एउटै भएकोले हत्याको अनुसन्धान पेचिलो बेनेको छ । यद्धपी एउटै समय र प्रकृतिको घटना भएको प्रश्न तेर्सिए पनि २ वटै घटनाबीच आपसी सम्बन्ध नरहेको पर्सा प्रहरीको स्पाष्टोक्ती छ ।

 

प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले भने,‘समय र प्रकृति एउटै भएपनि त्यो संयोग मात्रै हो, कहिलेकाँही यस्तो हुन्छ । अनुसन्धान जारी छ चाँडै नतिजा पनि आउँछ ।’हत्याका घटनाका कारण कानूनी ब्यवस्थालाई भने गम्भिर चुनौती थपिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.