logo

मलंगवा घटनाको बिरोधमा शनिवार बीरगंज बन्द रहयो

 इसीमाना सम्वाददाता     २०८० असोज ६ गते ०६: ०९ मा प्रकाशित     928   पटक पढिएको

वीरगंज । सर्लाहीको मलंगवामा भएको घटनाको विरोधमा शनिबार वीरगंज बजार बन्द भएको छ । दोषीमाथि कारबाही माग गर्दै हिन्दु समाजले वीरगंज बजार बन्द गराएका हुन् ।

 

बजार बन्द हुँदा साइकल मोटरसाइकल बाहेकका सवारीसाधन पनि ठप्प भए । साँझसम्मको लागि मात्रै समर्थन स्वरुप बजार बन्द गरिएको वीरगंज हिन्दू समाजले जनाएको छ ।

 

बन्दको कार्यक्रम सफल बनाउन समाजका युवाहरुले वीरगंजमा प्रदर्शन समेत गरेका थिए । प्रदर्शनकारीहरुले वीरगंजको घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच समेत भएको थियो ।

 

उनीहरुले दिउसो टायर बालेर प्रदर्शन गर्न थालेपछि स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारी बिच विवाद भएको थियो । भिडलाई तितरबितर पार्ने क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पोखरियाका वडाध्यक्षद्वारा पत्रकारलाई अपशब्द र कुटपिटको धम्की , प्रेस चौतारी पर्साद्वारा भर्त्सना

वीरगन्ज ।  पर्साको पोखरिया नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानुले पत्रकारलाई सार्वजनिक मञ्चबाटै अपशब्द प्रयोग गर्दै कुटपिटको धम्की दिएको घटनाप्रति प्रेस चौतारी नेपाल, पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पोखरियामा नक्कली विवरणका आधारमा अपाङ्गता परिचयपत्र जारी गर्ने दुई कर्मचारीसहित तीन जना दोषी ठहर

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा गलत विवरणका आधारमा पूर्ण अपाङ्गताको परिचयपत्र जारी गरी सामाजिक सुरक्षा भत्ता लिएको प्रकरणमा विशेष अदालतले दुई कर्मचारीसहित तीन जनालाई दोषी ठहर गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.