logo

खेतमा भारीमात्रामा लागु औषध बरामद, प्रहरी भन्छ, थप अनुसन्धान भइरहेको छ

 इसीमाना सम्वाददाता     २०८० असोज ७ गते ०५: ०१ मा प्रकाशित     604   पटक पढिएको

वीरगञ्ज । खेतमा बेवारिसे अवस्थामा छाडिएको लागु औषध प्रहरीले बरामद गरेको छ । महानगरपालिका वडा नं–२२ मनियारीका देवेन्द्र यादवको खेतबाट प्रहरीले भारी मात्रामा लागु औषध बरामद गरको हो ।

 

लागु औाष्ध पहेलो रंगको दुईवटा बोराभित्र लुकाईछिपाई राखिएको अवस्थामा थियो । बरामद लागु औषधमा डाईजिपाम दुई हजार ३ सय ३५ एम्पुल, नुर्फिन तीन हजार १ सय ६९ र फेनारगन तीन हजार ४ सय ११ एम्पुल गरी जम्मा ८ हजार ९ सय १५ एम्पुल फेला पारेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

 

लागु औषध बारे स्थानीयले सूचना दिएका थिए । लागु औषध बरामद गर्नकालागि प्रहरी निरिक्षक धर्मजंग थिङको कमाण्डमा प्रहरी टोली खटिएको थियो । बरामद लागुऔषध विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.