logo

लागु औषध सहित मकवानपुरका राई पक्राउ, भंसार छलीको सामान रहेको मालवाहक ट्रक राजस्व चलान

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २१ गते ०४: ०० मा प्रकाशित     728   पटक पढिएको

वीरगञ्ज । प्रहरीले प्रतिबन्धित लागुऔषध मकवानपुर जिल्ला मनिहारी गाउँपालिका वडा नं ६ बस्ने ४० वर्षीय कृष्ण बहादुर राईलाई पक्राउ गरेको छ ।


मंगलवार मध्यान्ह १२ बजे भारतबाट वीरगञ्जतर्फ शंकास्पदरुपले पैदल हिडिँरहेका राईलाई वीरगञ्ज १६ रजतजयन्ती चोकबाट पक्राउ गरेको हो ।


लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा उनी पक्राउ परेका हुन । कालो प्लाष्टिकको झोलाभित्र प्रतिबन्धित लागुऔषध भेटिएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।


उनको साथबाट लागुऔषध नाईट्राभेट ३५ पत्तामा ५ सय २५ वटा ट्याब्लेट बरामद गरिएको प्रहरी जनायो । पक्राउ परेका राईविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता थापाले बताए ।

 

यसैगरि पर्सा प्रहरीले बिलबिजक भन्दा बढी खुद्रा सामाग्री लोड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट ना.३ ख ६९९ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

 

भन्सार छलीका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट सिराहातर्फ गईरहेको सूचनाको आधारमा वडा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ट्रक नियन्त्रणमा लिएको थियो । मंगलवार दिउँसो १ बजे ट्रक रोकेर चेकजाँच गर्दा विल बिजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको पर्साका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।


ट्रकमा १७ लाख ५४ हजार २८७ रुपैयाँ बराबरको खुद्रा सामाग्रीहरू फेला परेको उनले बताए । बरामद गरिएको सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.