logo

पर्साका प्रमुख जिल्ला अधिकारीलाई कांग्रेसको ज्ञापन

 इसीमाना सम्वाददाता     २०८० पौष २९ गते ०३: ४९ मा प्रकाशित     207   पटक पढिएको

वीरगञ्ज ।नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ क्षेत्रीय समितिले बीरगंज महानगरका प्रमुख राजेशमान सिंहलाई कारवाहीको माँग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन पत्र बुझाएको छ।

 

अरुको छोरीलाई आफ्नो छोरी बनाएर नागरीकता दिलाएको आरोप मेयर राजेश मान सिंहलाई लागेको छ । कांग्रेसले कारवाही प्रक्रियामा प्रश्न उठाउदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको हो ।

 

नेपाली कांग्रेसका क्षेत्रीय सचिव रंजित पटेलले प्रमुख जिल्ला अधिकारी भुसाललाई बुझाएको ज्ञापनपत्रमा मेयर सिंहलाई बिरुद्ध जाहेरी दर्ता भएपनि कारवाही नभएको भन्दै असन्तोष प्रकट गरिएको छ ।

ज्ञापन पत्रमा नागरिकता ऐनको व्यव्स्था विपरितको कार्य महानगरप्रमुख बाट भएको आरोप लगाउदै पदबाट निलंबन गरि अन्य कारवाहीको अगाडि बढाउन क्षेत्रिय समितिले माँग गरेको छ ।

 

ज्ञापन पत्र बुझाउन नेपाली कांग्रेसका क्षेत्री सभापति महम्मद शाहबुदिन सहित अन्य पदाधिकारी पनि गएका थिए । यसैवीच फर्जी नागरिकताधारीको पहिचान र कार्यवाहीको लागी अधिकार सम्पन्न छानबिन समिति गठनको माग गर्दै आजै नेपाल विश्व हिन्दु महासंघ तथा राष्ट्रिय बजरंग दल पर्साले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको श्रीनन्दन मिश्रले जानकारी दिएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.