logo

माघीको अवसरमा पर्सा जिल्लाका बिभिन्न स्थामा महोत्सव हुने, बीरगंजको आदर्शनगरमा सबैलाई ,थारु समुदायको निम्ता

 इसीमाना सम्वाददाता     २०८० पौष २९ गते ०४: ०० मा प्रकाशित     634   पटक पढिएको

वीरगञ्ज । माघी मूल समारोह समिति पर्साले थारु माघी समारोह २०८० कार्यक्रम आयोजना गर्ने भएको छ । भोली माघ १ गते कार्यक्रमको आयोजना गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बताइएको छ ।

वीरगञ्जको आर्दशनगरस्थित पुरानो बसपार्कमा विभिन्न कार्यक्रमको आयोजना गरी माघी महोत्सव मनाइने तयारी गरिएको शेखर चौधरीले जानकारी दिए ।


आदीवासी थारु समुदायको माघी (खिचडी) पर्व तथा थारु समुदायको नयाँ वर्ष पनि हो । थारु सम्वत्ः २६४८ अवसरमा पर्सामा थारु समुदायको सास्कृतिक मूल्य मान्यताको संरक्षण र प्रर्वद्धनकालागि महोत्सव संचालन हुदै आएको र त्यसलाई निरन्तरता दिइएको कार्याक्रमको आयोजना गरिएको समितिका संयोजक शेखर चौधरीले बताए ।

 

उनका अनुसार आम समुदायको जीवन रक्षा गर्ने हेतुले सोही दिन रक्तदान कार्याक्रम समेत आयोजना गरिएको छ । माघ १ गते बिहान घण्टाघरदेखि पुरानो बसपार्क थारु सस्ंकृति झल्कने झाँकीसहित प्रभातफेरी निकाल्ने तयारी छ ।

 

कार्याक्रममा थारु सस्ंकृति झल्कने घाँटो, सामाचकेवा, झम्टा,थारु पूर्वि नाच, थारु समुदायका बालबालिकाको थारु नाच, कला प्रदर्शनी, थारु खानाका परिकारहरु घोंङ्गी, केकडा, माछा, परेवा,हाँस, कुखुरा, चिचर, भुजा र तिलको लड्डुका स्टलहरु राखिने सास्कृतिक समितिका संयोजक बिजया ओझैयाले बताइन ।

 

समितिका संयोजक शेखर चौधरीको संयोजकत्वमा भएको पत्रकार सम्मेलनमा प्रचार प्रसार संयोजक शम्भु महतो थारु, दिपेन्द्र चौधरी, बिजया ओझैया, नन्दकिशोर पञ्जियार, मनोज चौधरी लगायतको सहभागिता थियो । कार्याक्रमको सञ्चालन पुनम चौधरीले गरेकी थिइन ।

 

यसैबिच पर्सा जिल्लाका पाँच स्थानमा यसवर्ष माघी महोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरिएको छ । वीरगञ्ज महानगरपालिकासहित पर्साको पटेर्वासुगौली गाउँपालिका, जीराभवानी गाउँपालिका, पर्सागढी नगरपालिका र सखुवाप्रसौनी गाँउपालिकामा माघी महोत्सव मनाउने तयारी भईरहेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.