वीरगञ्ज । वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहका विरुद्ध परेको उजुरी माथि छानविन गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा दुई सदस्य टोली वीरगञ्ज सदस्य टोली वीरगञ्ज आउने भएको छ ।
। गृहमन्त्रालयका उपसचिव पुष्कर राणाको संयोजकत्वमा बनेको टोलीमा शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहेका छन । नागरिकता प्रकरणमा अनुसन्धानका लागि गृह मन्त्रालयले राणाको नेतृत्वमा गठन गरेको २ सदस्यीय छानविन समिति आजैदेखि सम्बन्धित ठाउँका लागि रवाना भएको स्रोतको दाबी छ ।
यसैबीच नागरिकताको छानविनको माग गर्दै आज दोस्रो दिन पनि सचेत नागरिक समाज पर्साको नाउँमा जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिएको छ ।
् जिल्ला प्रशासन कार्यालय पर्सामा पुस २४ गते अरुको छोरीलाई आफ्नो छोरी बनाइ झुटो विवरण पेश गरि नागरिकता दिलाएको भन्दै वीरगञ्जका मेयर सिंहसहित रुविना श्रेष्ठविरुद्ध जाहेरी दर्ता भएको छ ।
तपाईको प्रतिक्रिया