logo

महिलाको शव फेला , प्रहरी अनुसन्धान गर्दै

 इसीमाना सम्वाददाता     २०८० फागुन १ गते १४: ०६ मा प्रकाशित     205   पटक पढिएको

 वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौ स्थित हुलाकी राजमार्गको छेउमा एक महिलाको शव फेला परेको छ ।

 

हिजो दिउँसो चार बजेको समयमा अलौ स्थित हुलाकी राजमार्गको छेउको पोखरीमा रातो रंगको स्विटर र पहेलो पेटीकोट लगाएको नामथर वतन नखुलेको अन्दाजी ५५/६० वर्ष की महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

 

बेवारिसे शव फेला परेको जानकारी पाउने बित्तिकै खटिएको प्रहरी टोलीले घटनास्थल लासजाँच प्रकृति मुचुल्का लगायतका प्रकृया पूरा गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता डिएसपी थापाले बताए ।

 

५ फिट १ ईन्च उचाई, रातो रंगको स्विटर र पहेलो पेटीकोट कपडा लगायतकी महिलाको शवको अहिलेसम्म सनाखत हुन नसकेको डिएसपी थापाले बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.