logo

आफन्तको श्राद्धकालागि बिपन्न परिवारलाई समाग्री हस्तान्तरण

 इसीमाना सम्वाददाता     २०८० फागुन ४ गते ०७: ४२ मा प्रकाशित     949   पटक पढिएको

बीरगंज । पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ५ का दूई बिपन्न परिवारलाई आफन्तजनको क्रिया गर्नकालागि आवश्यक सामाग्री उपलब्ध गराइएको छ ।

 

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ५ निचुटा निवासी जयचन्द्र साह तेली र मौराह चोकका चिन्ता देवीलाई आवश्यक समाग्री उपलब्ध गराइएको हो ।

 

चिन्ता देवीको बुवा र जयचन्द्र साहको आमाको निधनको ते¥हौं दिनको कामक्रियाकालागि समस्या परेपछि सोही वडाका वडाध्यक्ष बिपनि मुखयिाले आवश्यक समाग्री उपलब्ध गराएका हुन ।


वडाध्यक्ष मुखियाले अति बिपन्न परिवारले पनि आफनो धर्म परम्परा अनुसार रिती रिवाज गर्नु पर्ने भएकोले वडाको तर्फबाट आवश्यक सहयोग जुटाएर उपलब्ध गराएको बताए ।

 

प्रति परिवार दुई बोरा चामल ५० केजी चिउरा,आलु प्याज ५ लिटर तेल ५ कलिो नून १० किलो दाल लगायतका समाग्री उपलब्ध गराएको मुखियाले बताए । उनिहरुको घरको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकोले किरिया खर्चका लागि दुवै जनालाई वडाध्यक्ष मुखियाले वडा कार्यालयमै बोलाएर खाद्य सामाग्री सहयोग गरेका हुन्।

 

उनले जनताको सुख दुःखमा सहभागि हुने आफनो जिम्मेवारी भएको बताउदै गरिब भएकै कारण आफनो रिती रिवाज अनुसारका कर्म गर्न पाउनबाट कसैलाई बन्चित हुनु नपर्ने बताए ।

उनले जनप्रतिनिधिको हैसियतले आफूले त्यो दायित्व पुरा गर्ने उनको प्रतिवद्धता छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.