logo

बीरगंजमा कर्फ्यू ,आदेश उल्लंघन नगर्न स्थानीय प्रशासनको अपिल

 इसीमाना सम्वाददाता     २०८० फागुन ७ गते ०८: ०४ मा प्रकाशित     618   पटक पढिएको

तस्विर पत्रकार जियालाल साहको सामाजिक संजालबाट लिइएको हो -सम्पादक

वीरगन्ज। स्थानीय पशासनले कर्फ्यू आदेश जारी गरेपछि वीरगंजको सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ५ बजेपछि महानगरपालिकाका विभिन्न स्थानहरुमा कर्फ्यू आदेश जारी गरेको छ ।

 

स्थानीय प्रशासनले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरेको छ । नेपाल प्रहरीका तर्फबाट र सशस्त्र प्रहरीका तर्फबाट गरि एक बजार प्रहरी खटाइएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् निमित्त प्रहरी प्रमुख कुमारबिक्रम थापाले जानकारी दिए। ।


रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा टोलमा सरस्वती माताको मूर्ती बिर्सजनका क्रममा उत्पन्न बिवाद र त्यसले हिन्दु समाज असुरक्षीत हुदै गएको भन्दै सो को बिरुद्धमा हिन्दु समाजले सोमवार बीरगंज बन्दको आव्हान गरेको थियो । बन्दकर्ताहरुले बन्द आव्हान गर्दै बीरगंजका बिभिन्न स्थानमा प्रर्दशन गरेका थिए ।

 

सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गर्नु परेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।
 

सोमवार दिउँसो बीरगन्जको फरकफरक स्थानमा भएको झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका ११ जना प्रहरी घाइते भएका छन् । त्यस्तै केही प्रर्दशनकारीहरु पनि घाइते भउका छन । प्रहरीले भीड नियन्त्रण गर्न केही थान अश्रुग्यास समेत प्रहार गरेको थियो ।

सामेवारै हिन्दू समाजले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

१५ वर्षदेखि हिन्दूमाथि आक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ, आफ्नै देशमा हिन्दू असुरक्षित छन् । अब प्रशासनले त्यस्तो व्यक्तिलाई कारबाही गरेन भने हामी हिन्दू समाजले त्यस्ता व्यक्तिलाई देश निकाला गर्छौ । अब धैर्य राख्ने क्षमता हामीसंग छैन्,’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपज्ञ बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले स्थानीय प्रशासन प्रभावकारी सुरक्षा ब्यवस्था मिलाउन प्रतिवद्ध रहेको बताए । प्रशासनका अनुसार पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कफ्र्यू आदेश जारी भएको हो ।


कफ्र्यू आदेश जारी गरेको ठाउँमा ह्ड्डिुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुन लगायतका उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाएको प्रजिअ भुसालले जनाए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.