logo

बीरगंजमा कर्फ्यू, सर्वत्र चिन्ता, संयमता अपनाउन सबैमा अपिल

 इसीमाना सम्वाददाता     २०८० फागुन ७ गते ०९: ३६ मा प्रकाशित     529   पटक पढिएको

बीरगंज । रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा टोलमा सरस्वतीको मूर्ती सेलाउने बिषयमा उतपपन समस्या समाधान भएको छ ।


ईशनाथ नगरपालिकाको ७ ७ घिउरा टोलमा हिन्दु तथा मुस्लिम समुदायले आफ्नो धर्म, संस्कृति वा पर्व मनाउदा सार्वजनिक बाटो वा सार्वजनिक स्थान प्रयोग गर्दा त्यसमा कसैले बिरोध गर्यो भन्ने त्यसलाई कडाभन्दा कडा कार्वाही कानुन बमोजिमको हुनेमा दुबै समाजका अगुवाले सहमती जनाएका छन ।

 

दुबै समाजका अगुवाले फाल्गुन ५ गतेका दिन सशस्त्र बेस क्याम्प रामपुरखापमा बसेर गरेको सर्वदलीय निर्णयलाई पुनः मान्ने गरि त्यसमै सहमति कायम गरेको हुन ।

 

सहमती पछि बाजागाजाका साथ ४ दिनदेखि सडकमै राखिएको सरस्वती माताको मुर्ति गाउँको बिचको बाटो भएर पोखरीमा लगिएर सेलाइएको छ ।सहमतीको बिपरित जाने जो सुकैलाई आउने दिनमा सहमती अनुसार कारवाही गरिने प्रतिवद्धता दुबै समाजले जाहेर गरेपछि समस्याको हल भएको हो ।

 

घिउरा टोलमा भएको घटनाको बिरोधमा हिन्दु समाजले बीरगंजमा प्रर्दशन गर्दा कर्फ्यू लाग्ने अवस्थाको सृजना भएपछि समाजका बिभिन्न सरोकार समुह र बुद्धिजीवीहरुले निकै चिन्ता ब्यक्त गर्दै उनीहरुले समाजिक संजाल मार्फत हान्ति र सदभावकालागि अपिल गरेका छन ।

 

बीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले आफनो फेसबुक पेजमार्फत सबैलाई सदभाव कायम राख्न अपिल गरेका छन ।उनले सदभाव बिगार्ने जुनसुकै पक्षको भएपनि त्यसको बारेमा प्रशासनलाई जानकारी दिन समेत आग्रह गरेका छन ।

अधिवक्ता रामेश्वर सेढाईले कवितात्मक शैलीमा लेखेका छन
धर्म र राजनीति
मिसिएको छ
यसबाट समाज
पिसिएको छ
सद्भावको दियो जलाऔँ
शान्ति र भाइचारा बढाऔँ ”


त्यस्तै नेकपा माओवादी केन्द्रका युवा नेता अमिभात बच्चन दासले पनि समाजिक संजाल मार्फत सदभावको अपिल गरेका छन । उनले स्थानीय प्रशासनलाई शान्तिका निम्ति सर्वदलीय बैठक राखेर अगाडि बढ्न समेत सुझाव दिएका छन ।

 


पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुघ्न नेपालले पनि सामाजिक संजाल मार्फत धर्म आस्था र भावनाको कुरा हो । धर्मले मानवताको मर्मलाई बोकेको हुने सन्देश दिदै धर्मको नशाा होइन मानवताको पुजा गर्न अपिल गर्दै उनले जय श्रीराम अललाह अकवर भन्दै सबैलाई आपसमा मेलमिलाप र भाइचारा राख्न आग्ह गरेका छन ।


नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजीव मिश्रले अहिले देखिएको द्वण्द्व ब्यवस्थापनमा संचारकर्मीको भूमिका पनि हुने भन्दै संयमताका साथ रिपोटिङ गर्न पत्रकारलाई अहिल गरेका छन ।


पत्रकार बिनोद परियारले पनि समाजिक संजालमा रोतहटको इशनाथ नगरपालिकाको समस्या हल भएको उल्लेख गर्दै इशनाथमा हिन्दु मुसिल्म मिले हामीलाई मिल्न किन गा¥हो भन्दै प्रश्न गरेका छन र उनले लेखेका छन सेभ द बीरगंज ।

 

बीरगंजमा दुई धर्म सम्प्रदायकावीचमा देखिएको समस्याले सबैलाई चिन्तित बनाएको छ । अनेकतामा एकता बीरगंजको बिशेषता थियो त्यसमा कसैको नजर पो लाग्यो की भन्ने संशय सबैले ब्यक्त गरेका छन ।

 

सामाजिक संजाल मार्फत शानित सदभाव र सहिष्णुताको पक्षमा धेरैले अपिल गरेका छन । समाजमा जीवनको ब्यवहारमा हिन्दु मुस्लिम वीचमा मित्रताको कडी कमजोर भइसकेको छैन ।

 

असझदारी र समस्या आउछन त्यसबाट पार पाउने सफलता हिजोका दिनमा दुबै समुदायले प्राप्त गरेका थिए भने आउने दिनमा पनि त्यो कडी भाँच्चिने छैन । सामाजिक संजाल मार्फत भएको अपिल र आग्रहले त्यही सन्देश दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको आमसञ्चार समितिले पूर्णता पायो, महानगरको सूचना प्रणाली अझ सुदृढ र व्यवस्थित हुने प्रमुख सिंहको बिश्वास

वीरगंज  । वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिले पूर्णता पाएको छ। यसअघि नै वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल संयोजकमा नियुक्त भइसकेको समितिमा आज थप ११ जना सदस्य मनोनयन भएसँगै समितिले पूर्णता पाएको हो।

ठाकुुरराम बहुमुखी क्याम्पसको प्रमुखमा डा. यादव नियुक्त

वीरगन्ज । त्रिभूवन बिश्व बिद्यालयको आंगीक क्याम्पस मध्य तराईको प्रमुख शिक्षण संस्था ठाकुरराम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा. केशव यादव नियुक्त भएका छन ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.