वीरगञ्ज । फाल्गुण ५ गते देखी जारी कर्फ्यू जिल्ला प्रशासन कार्यालय पर्साले हटाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले फाल्गुण ९ गते राती १० बजे देखी कर्फ्यू हटाएको जिल्ला प्रशासन पर्साद्वारा जारी सूचनामा उल्लेख छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) को उपदफा (५) बमोजिम पूर्ण रुपले कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।
, ‘हाल स्थिती सामान्य हुँदै गएको हुँदा कर्फ्यु आदेश हटाइएको हो ’ सूचनामा उल्लेख छ ।
तपाईको प्रतिक्रिया