वीरगञ्ज । वीरगञ्जमा शनिवार पहिलोपटक जगन्नाथ रथयात्रा निकालिएको छ ।
इस्कोन वीरगञ्जको आयोजनामा वीरगन्जको घण्टाघरबाट निकालिएको रथयात्रा मुख्य सडकको माईस्थान, महाविर स्थान, अलखियामठ, पूजन होटल, कैलाश होटल हुदै आदर्शनगर पूरानो बसपार्कमा पुगेर समापन भएको थियो ।
बिहान १०ः३० बजे शुरु हुने भनिएको रथयात्रा दिउँसो १ बजेबाट शुरु भएको हो । रथयात्रालाई ब्यवस्थित र सुरक्षीत बनाउकालागि स्थानीय प्रशासनले मजवुत सुरक्षा सर्तकता अपनाएको थियो ।
रथयात्रामा वीरगञ्ज महानगरपालिकाका प्रमुख, उद्योगी व्यवसायीहरु, चिकित्सक, स्थानीय अगुवाहरु, भद्रभलादमी, समाजसेवी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत हजारौँको सङख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया