वीरगञ्ज । नेपाल चिकित्सक संघको मधेश प्रदेश कमिटी गठन भएको छ ।
संघका केन्द्रीय उपाध्यक्ष डा.निरज कुमार सिंहको संयोजकत्वमा कमिटी गठन भएको हो ।
डा. सिंहका अनुसार कमिटीको उपाध्यक्षमा चिकित्सक संघ लहान शाखाका अध्यक्ष डा. सुभाष चौधरी सचिवमा जनकपुर शाखाका अध्यक्षडा. रामजी यादव रहेका छन ।
संघ सगरमाथाका अध्यक्ष डा. काली प्रसाद यादवलाई सहसचिवमा र कोषाध्यक्षमा नारायणी शाखाका सचिव डा. नौसाद हक चयन भएका छन ।
संघको सदस्यहरुमा नेपाल चिकित्सक संघ नारायणी शाखा अध्यक्ष डा. मनोज कुमार गुप्ता, बारा जिल्ला का डा.मनोज यादव, रौतहटका डा. कौशर आलम, महोत्तरीका डा. आरती साह, लहान शाखाका डा. ओमप्रकाश चौधरी, सगरमाथा शाखा सचिव डा. सन्तोष यादव, जनकपुर शाखा सचिव डा. रामज्ञान यादव, सर्लाहीका डा. गुनेश्वर झा रहेका छन् ।
तपाईको प्रतिक्रिया