logo

बालविवाह अन्त्य गर्न वीरगंज महानगर रणनीतिक योजना बनाउदै

 इसीमाना सम्वाददाता     २०८० चैत २० गते ०८: ३७ मा प्रकाशित     576   पटक पढिएको

बीरगंज । वीरगंजमा बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना निर्माण अन्तरक्रियात्मक छलफल संचालन भएको छ ।

युनिसेफसँगको सहकार्यमा वीरगंज महानगरपालिकाले जन्मदर्ता र बाल संरक्षण सेवामा केन्द्रीत भएर बालविवाह अन्त्य गर्न रणनीतिक कार्ययोजना निर्माण अन्तरक्रियात्मक छलफल संचालन गरेको हो ।

छलफलको सुरुवातमा बाल संरक्षण, जन्मदर्ता प्राप्त गर्ने तथा नगर्ने बालबालिकाको तथ्याँक र बालविवाहको विषयमा तयार पारिएको समाग्री प्रस्तुत गरिएको थियो ।

छलफलका बीच बाल संरक्षणकालागि वीरगंज महानगर र युनिसेफवीच साझेदारी भएको युनिसेफका बाल संरक्षण अधिकृत कामदेव खनालले जानकारी गराएका थिए ।


छलफलका क्रममा पालिकामा बालविवाहको पछिल्लो अवस्था, बालविवाह रोक्न पालिकाले गरेको प्रयास, आइपर्ने चुनौती, बालविवाह अन्त्य गर्न अवसर र संभावनाका विषयहरु समेटिएका थिए ।

सहभागिहरुले सरकारी जागिर, सरकारी सेवा सुविधाको अपेक्षा वा अन्य बाहनामा जन्मदर्तामा उमेर घटबढ गराउने परिपाटीले थप समस्या भएको भन्दै बच्चा जन्मेकै अस्पतालले तत्कालै जन्मदर्ता गर्ने र त्यसैलाई मान्यता दिने व्यवस्था भए धेरै समस्या समाधान हुने धारणा राखेका थिए ।

 

बालविवाह रोक्ने प्रयास गर्दा भोगेको अनुभवहरु सुनाउँदै सक्रियताका साथ तर्क तथा सुझावहरु राखेका थिए ।

छलफलमा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरु, प्रति वडा ३ जनाका हिसाबले १० वटा वडाबाट ३० जना स्वयंसेवक युवायुवतीहरु सहभागि भएका थिए ।

छलफलमा सहभागि भएका वडा नं. २, ३, १६, १७, १९, २३, २४, २५, २९ र ३२ का स्वयंसेवकहरुले सम्बन्धित वडाका घरघरमा पुगेर बालविवाह विरुद्धको जनचेतनामुलक रेडियो सन्देश बजाएर सुनाउने साथै जन्मदर्ता नभएका बालबालिकाहरुको विस्तृत विवरण भर्नेछन् ।

यसरी आएका विवरणका आधारमा जन्मदर्ता अभियान संचालन गर्ने तयारी गरिएको वीरगंज महानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रन्जना पंडितले जानकारी दिइन् ।


सोही विषयमा केन्द्रीत भएर वीरगंजमा बालविवाह अन्त्य गर्न भोली विहिबार सम्बन्धित वडाका जनप्रतिनिधि तथा महानगरका शाखा प्रमुखहरुको सहभागितामा छलफल गरे पश्चात् बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजनाको मस्यौदा तयार गरिने वीरगंज महानगरले जनाएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.