logo

पर्सा ट्राफिक प्रहरीको कमाउ धन्दा,सडक बन्यो पार्किङ क्षेत्र

 इसीमाना सम्वाददाता     २०८० चैत २४ गते १३: ४८ मा प्रकाशित     731   पटक पढिएको

बीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा ट्राफिक सचेतना, सवारी साधनको ब्यवस्थापन भन्दा बढी कमाउ धन्दामा लागेको आरोप लागेको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाको मुद्रा मोहका कारण यस्तो आरोप लागेको हो । उनले ट्राफिक ब्यवस्थापनकालागि बिभिन्न पोस्टमा ट्राफिक प्रहरी कर्मचारी परिचालन गर्दा नै मासिक रुपमा आर्थिक भेटी बुझाउनु पर्ने ब्यवस्था गरेका छन ।


सुख्खा बन्दरगाहमा रहेको पोष्टमा जाने कमाण्डरले उनलाई दैनीक ७ हजार रुपैया बुझाउनु पर्ने स्रोतले दावी गरेको छ । यस्तै अन्य पोष्टमा खटेका कमाण्डरले खतिवडाले तोके अनुरुपको रकम बुझाउनु पर्छ । सुख्खा बन्दरगाहमा रहेको ट्राफिक प्रहरीले आइसीपीबाट निस्कने भारतीय मालवाहक सवारी र सुख्खा बन्दरगाहबाट निस्कने कन्टेनरसबैसंग रकम असुली गर्दै आएको छ ।

 

भारतीय मालवाहक सवारीका एक चालकका अनुसार ट्राफिकले प्रति गाडी नेपाली ८० रुपैया लिने गरेको छ । पैसा दिन आनाकानी गरेमा रसीद मागेमा गाडीको कागजात नियन्त्रणमा लिने निकै ढिलो गरि फिर्ता दिने गर्दछ । ढिलोसम्म पर्खिदा आफनो धेरै नोक्सान हुने भएकोले बाध्य भएर भारतीय चालकले आफू फिर्ता हुने बेला सम्ममा त्यती रकम तिर्नै पर्ने बाध्यता प्रहरीले सृजना गर्ने गरेको उनीहरुको भनाई छ ।


आइसीपी बाट मात्रै दैनीक पाँच सय भन्दा बढी गाडी निस्कने गर्दछ । त्यती मात्र होइन ओभरलोड बोकेका गाडीहरुलाई पनि ट्राफिक प्रहरीले कारवाहीकोलागि यातायात ब्यवस्था कार्यालय पढाउने र निकै जरिवाना हुने भन्दै तर्साउछन र जरिवाना हुने रकम भन्दा कम रकम लिएर छोडने गरेका छन ।

 

एक जना ओभरलोड मालवाहक ट्रक चालकले ट्राफिकले आफूसंग १५ हजार भारतीय रुपैया माँगेको बताए । औधोगिक करिडर पथलैया सम्म गाडीबाट सार्न नमिल्लने कच्चा पदार्थको हकमा ओभरलोड बोक्ने इजाजत सरकारले दिएको छ । तर त्यो बाहेकका गाडीहरु ओभरलोड भएपनि कमै मात्रालाई कारवाही गरिएको यातायात कार्यालयको तथ्यांकले देखाउछ ।

 

भारतीय गाडीहरुको ब्यवस्थापन गर्ने केबीटी क्मपनीको ओभरलोड गाडीलाई कारवाही नगर्ने शर्तमा गुप्ता थरका एक जना मान्छेसंग सुख्खा बन्दरगाह ट्राफिक प्रहरीले प्रति गाडी मासिक १५ हजार रुपैया लिने गरेको छ । भारतीय मालवाहक गाडीको ब्यवस्थापन हेर्ने (मेठ) जय ठाकुर बाट प्रति गाडी १५ हजार रुपैया लिने गरेको स्रोतले जनाएको छ ।

 

प्रनि खतिवडाले अहिले सुख्खा बन्दरगाहमा अहिले बलराम चौधरीलाई पठाएका छन । प्रहरी नरिक्षीक खतिवडाले पैसा उठाउने आरोपमा सत्यता नभएको बताए । उनले कमजोरी सुधार गर्दै जाने आफनो प्रयास रहेको बताए ।

 

उनले कुनै कमाण्डर वा ट्राफिक प्रहरी कर्मचारीले लुकीछिपी बदमासी गरेको रहेछ भने पनि समाज र प्रहरी मिलेरै सुधार गर्दै जानु पर्ने बिचार ब्यक्त गरे । उनले कमजोरी सुधार गर्ने प्रतिवद्धता समेत जनाए ।


सुख्खा बन्दरगाह सडकलाई मालवाहक गाडीहरुले पार्किङको रुपमा उपभोग गर्दै आइरहेका छन । तर प्रति गाडी पैसा उठाउनबाट फूर्सद नपाएको ट्राफिक प्रहरीले सडक खाली गराउने र सवारी ब्यवस्थापनमा भने ध्यान पुर्याउन नसकेको स्थानीय नागरिकले बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.