logo

जीतपुर सीमरा ३ का वडाध्यक्ष कार्की दोषी ठहर

 इसीमाना सम्वाददाता     २०८१ बैशाख २८ गते ०५: ४९ मा प्रकाशित     308   पटक पढिएको

बीरगंज । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्की भ्रस्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

२०८० साल पुष २ गते अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले जितपुरसिमरा उपमहानगरपालिका (३) का वडाध्यक्ष कार्कीलाई सेवाग्राहीसंग पाँच लाख रुपैयाँ घुस रकम लिदै गरेको अवस्थामा पक्राउ गरेको थियो।

उनीविरुद्ध विशेष अदालतमा अख्तियारले २०८० साल माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो।

वडाध्यक्ष कार्कीलाई विशेष अदालतले दोषी ठहर गरेको हो।विशेष अदालतका न्यायाधीश टेक नारायण कुवर र तेज नारायण सिंह राइको इजलासले बिहीबार वडा अध्यक्ष कार्कीलाई दोषी ठहर गरेको हो।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा कार्की नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.