logo

विश्व वातावरण दिवसका अवसरमा ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड सम्पन्न

 इसीमाना सम्वाददाता     २०८१ जेठ २९ गते ०८: ५२ मा प्रकाशित     562   पटक पढिएको

वीरगंज । विश्व वातावरण दिवस २०२४ को अवसरमा “ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड” कार्यक्रम सम्पन्न भएको छ ।


लिभिङ् विथ इन्भायरमेन्ट (वातावरण जिउने आधार) द्वारा आयोजित सो कार्यक्रमको उद्घाटन मधेश विश्व विद्यालयका उपकुलपती डा. दिपक शाक्यले गरेका थिए । कार्यक्रम वीरगंज पब्लिक कलेजको सभाहलमा सम्पन्न भएको थियो ।


कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले प्लास्टिक, कागज र पुरानो कपडा प्रयोग गरी नयाँ लुगाहरू बनाएर आफै लगाएर प्रस्तुतगरेका थिए ।
सो कार्यक्रममा २० भन्दा बढी विद्यालयलाई सहभागिताकोलागि आमन्त्रण गरिएता पनि ३ विद्यालय मात्र सहभागि भएको आयोजकले जनाएको थियो । रोयल एकेडेमी, अल्पाइन स्कुल र सालोम स्कुलका विद्यार्थीहरु सहभागि भएका थिए ।


संस्थाले छिट्टै ‘इको च्याम्प’ नामक नयाँ परियोजना सुरु गर्ने संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानले जानकारी दिए , जसमार्फत विद्यार्थीले वातावरण र फिल्ड कामकाबारेमा थप जानकारी लिनेछन् ।

परियोजनाले विद्यार्थीको नेतृत्व क्षमता अभिवृद्धि गर्ने, विविध व्यक्तित्वसँगसम्बन्ध निर्माण गर्ने र विज्ञहरुबाट सिक्ने अवसर पाउने चौहानले बताए । संस्थाले १२ जून २०२४ देखि २५ जूनसम्म सदस्यता खोलेको जानकारी दिए ।

सदस्यका लागि कक्षा ८ देखि १२ सम्मका विद्यार्थी र स्नातक तहकाविद्यार्थीले फारम भर्न सक्नेछन् । उक्त फारम ‘लिभिङ विथ एन्वायरमेन्ट’ संस्थाको आधिकारिक फेसबुक पेजमा उपलब्ध रहेको संस्थाले जनाएको छ ।


संस्थाकी कार्यक्रम संयोजक अनामिका तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक अभियान्ता चन्चला दास, पोखरियानगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन नेपालपर्साका अध्यक्ष शम्भु कुमार सुमन, पत्रकार राधेश्याम पटेल, संस्थाका लक्की बर्नवाल, आयुष्मा सोनी, प्रार्थना शाह, सुमन ठाकुर, उज्ज्वल राउत, धिरज कुशवाहा, बिक्की सिंहलगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.