सर्लाही। सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको छ । जिल्ला अदालतका न्यायधीश जीवनकुमार भण्डारीको एकल इजलासले सोमवार बम्जनलाई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको हो ।
बम्जन बिरुद्ध सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकेको छ ।
‘लिटिल बुद्ध’ भनिने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।
उजुरीपछि बम्जनलाई गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठमा रहेको उनकै निवासबाट पक्राउ गरिएको थियो ।
तपाईको प्रतिक्रिया