logo

पत्रकार कल्याण कोषको निर्माण, मासिक १ हजार जम्मा गरिने

 इसीमाना सम्बाददाता      २०८१ सावन २३ गते १५: १३ मा प्रकाशित     506   पटक पढिएको

वीरगञ्ज । पत्रकारहरुकालागि आपतकालीन सहयोग उपलब्ध गराउने उद्धेश्यले एक पत्रकार कल्याण कोषको स्थापना भएको छ ।


माई टेलिभिजनको प्राङ्गणमा बुधवार भएको पत्रकारहरुको भेलाले कोष बनाउने निर्णय गरेको हो । पत्रकारको परिवारमा शैक्षीक तथा स्वास्थ्य समस्या पर्दा निकै कठिनाई परेको अनुभवको आधारमा कल्याण कोषको निर्माण भएको बताइएको छ ।

सहकर्मीहरु नै एक अर्काकोलागि बलियो सहयोगी हुने भएकोले आफैले मासिक रुपमा रकम जम्मा गर्ने गरि कोष निर्माण गरिएको संयोजक निरन्जन मिश्रले जानकारी दिए । कोष निर्माण गरेर चन्दा खोजेर कोष बलियो बनाउने कुनै योजना नरहेको उनको भनाई छ ।

भविष्यमा त्यस बिषयमा केही गर्न पर्ने अवस्था आए छलफल गरेर निर्णय गरौला अहिले कोषमा आफैले योगदान गर्ने हो उनले भने कोषमा संलग्न साथीहरुले मासिक १ हजार जम्मा गर्नु हुनेछ ।


५० जना पत्रकारहरुको समूहले कोष स्थापना गरेका नेपाल पत्रकार कोषका संयोजक मिश्रले बताए । संकलीत रकम पहिलो ३ महिना सम्म परिचालन नगर्ने त्यसपछि आवश्यकता आधारमा सदस्यहरुलाई उपलब्ध गराईने योजना रहेको मिश्रले जानकारी दिए ।


कोषमा प्रत्येक पत्रकारले मासिक एक हजारका दरले रुपैँया जम्मा गर्ने नियम बनाइएको छ । कोष खडा गरेको पहिलो दिन २७ हजार रुपैयाँ बचत भएको मधेश प्रदेश पत्रकार महासंघका महासचिव श्याम बन्जाराले बताए ।


पत्रकारहरुको भेलाले निरञ्जन मिश्रको संयोजकत्वमा कोषको स्थापना गरेको छ । जसको सदस्यहरुमा राजन रौनियार, धनञ्जय मिश्र, मुस्कान श्रेष्ठ, राकेश साह, एस.के. चौरसिया र किरण सत्याल रहेका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.