logo

पत्रकार कल्याण कोषको निर्माण, मासिक १ हजार जम्मा गरिने

 इसीमाना सम्बाददाता      २०८१ सावन २३ गते १५: १३ मा प्रकाशित     372   पटक पढिएको

वीरगञ्ज । पत्रकारहरुकालागि आपतकालीन सहयोग उपलब्ध गराउने उद्धेश्यले एक पत्रकार कल्याण कोषको स्थापना भएको छ ।


माई टेलिभिजनको प्राङ्गणमा बुधवार भएको पत्रकारहरुको भेलाले कोष बनाउने निर्णय गरेको हो । पत्रकारको परिवारमा शैक्षीक तथा स्वास्थ्य समस्या पर्दा निकै कठिनाई परेको अनुभवको आधारमा कल्याण कोषको निर्माण भएको बताइएको छ ।

सहकर्मीहरु नै एक अर्काकोलागि बलियो सहयोगी हुने भएकोले आफैले मासिक रुपमा रकम जम्मा गर्ने गरि कोष निर्माण गरिएको संयोजक निरन्जन मिश्रले जानकारी दिए । कोष निर्माण गरेर चन्दा खोजेर कोष बलियो बनाउने कुनै योजना नरहेको उनको भनाई छ ।

भविष्यमा त्यस बिषयमा केही गर्न पर्ने अवस्था आए छलफल गरेर निर्णय गरौला अहिले कोषमा आफैले योगदान गर्ने हो उनले भने कोषमा संलग्न साथीहरुले मासिक १ हजार जम्मा गर्नु हुनेछ ।


५० जना पत्रकारहरुको समूहले कोष स्थापना गरेका नेपाल पत्रकार कोषका संयोजक मिश्रले बताए । संकलीत रकम पहिलो ३ महिना सम्म परिचालन नगर्ने त्यसपछि आवश्यकता आधारमा सदस्यहरुलाई उपलब्ध गराईने योजना रहेको मिश्रले जानकारी दिए ।


कोषमा प्रत्येक पत्रकारले मासिक एक हजारका दरले रुपैँया जम्मा गर्ने नियम बनाइएको छ । कोष खडा गरेको पहिलो दिन २७ हजार रुपैयाँ बचत भएको मधेश प्रदेश पत्रकार महासंघका महासचिव श्याम बन्जाराले बताए ।


पत्रकारहरुको भेलाले निरञ्जन मिश्रको संयोजकत्वमा कोषको स्थापना गरेको छ । जसको सदस्यहरुमा राजन रौनियार, धनञ्जय मिश्र, मुस्कान श्रेष्ठ, राकेश साह, एस.के. चौरसिया र किरण सत्याल रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.