वीरगन्ज ।यसवर्षको सुबोध स्मृति पुरस्कार वीरगन्जका पत्रकार बिमला गुप्तालाई प्रदान गरिने भएको छ ।
वीरगन्जका फोटो पत्रकार स्वर्गीय सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहद्वारा स्थापित ५१ हजार नगद राशिको सुबोध स्मृति पुरस्कार पत्रकार बिमला गुप्तालाई प्रदान गर्ने निर्णय गरिएको हो ।
प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्माको अध्यक्षतामा आइतवार बसेको बैठकले पुरस्कार पत्रकार गुप्तालाई दिने निर्णय गरेको हो।
त्यस्तै प्रतीक दैनिकका उत्कृष्ट संवाददाताको लागि धर्मेन्द्र चौरसिया चयन भएकोमा बधाई तथा शुभकामना ।
यस वर्ष भदौ १ गते शनिवार कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिने प्रतीक दैनिकले जनाएको छ।
तपाईको प्रतिक्रिया