logo

बर्दिवासमा आयोजीत शिवपुराण महायज्ञको आयव्यय सार्वजनिक ,दुई करोड पाँच लाख उठ्यो

 इसीमाना सम्बाददाता      २०८१ भदौ २ गते १४: ४४ मा प्रकाशित     324   पटक पढिएको

महोत्तरी ।  सडक मानव र आश्रयविहीनको व्यवस्थापनका  ‘हाम्रो मायाघर’को  निर्माणको  सहयोगार्थ बर्दिबासमा    आयोजित शिवपुराण महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ । 


गत साउन २१ देखि २९ गतेसम्म सञ्चालित महायज्ञमा दाताहरुबाट दुई करोड पाँच लाख नौ हजार तीन सय ३२ बराबरको नगद र जिन्सी प्राप्त भएको  छ । शनिबार साँझ शिवपुराण महायज्ञ आयोजक समितिले   पत्रकार सम्मेलन आयोजना गर्दै आयव्यय सार्वजनिक गरेको हो ।


जिन्सीमा सिमेन्ट, इँटा र अन्य निर्माण सामग्री छन् । महायज्ञ सम्पन्न भइसकेयता पनि समितिलाई विभिन्न दाताले पछिल्ला चार दिनबीच  चार लाख ६९ हजार एक सय ४६ नगद उपलब्ध गराएकौ महायज्ञ आयोजक समितिको आर्थिक उपसमितिका संयोजक शम्भुप्रसाद भट्टराईले जानकारी दिए ।


यसैगरी, महायज्ञमा  ३० लाख ५० हजार चार सय ८२ खर्च भएको विवरण समितिले सार्वजनिक गरेको छ । यसमा मण्डप निर्माण, पन्डाल व्यवस्थापन, स्टेशनरी, विद्युत्, अतिथि आवास तथा भोजन, प्रचारप्रसार, सञ्चार, यातायात, पूजा सामग्री र भेटीसहितका खर्च शीर्षक छन् ।


बर्दिबास–२ मा निर्माण थालिएको हाम्रो मायाघरको गत बुधबार मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले शिलान्यास गरे। सार्वजनिक गरिएको आयव्ययबाहेक प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले हाम्रो मायाघर निर्माणमा आवश्यक पर्ने ७१ हजार इँटा उपलब्ध गराउने प्रतिबद्धता जनाए को महायज्ञ आयोजक समितिका संयोजक हिरालाल गौतमले बताए  ।


। बर्दिबास–२ मा दाताहरुबाट प्राप्त पाँच कट्ठा १० धुर जग्गामा हाम्रो मायाघर निर्माण थालिएको छ । यसको निर्माणमा  १० करोड ६९ लाख ४५ हजार खर्च हुने विस्तृत परियोजना प्रस्तावमा उल्लेख छ ।


अपाङ्गता तथा बालबालिकामैत्री बन्ने हाम्रो मायाघरका दुई भवन भूकम्प प्रतिरोधी र खानेपानी, बिजुली, शौचालयसहितका आधुनिक सुविधायुक्त हुनेछन् । दुईवटा भवनमा १२ कोठा हुने हाम्रो मायाघर समितिका अध्यक्ष कृष्णप्रसाद गौतमको भनाइ छ ।

 

त्यसमा भोजनालय, अध्ययन, आवास, कार्यालय र बैठककक्षसहित छन् । भवन पाँच वर्षभित्रै सञ्चालनमा आइसक्ने अध्यक्ष गौतमको भनाइ छ । निर्माण थालिएको हाम्रो मायाघरमा दुई सय आश्रयविहीनलाई राख्न सकिने गौतमले स्पष्ट पारे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.