logo

१२ कक्षा पास हुने छात्रालाई जनकनन्दिनी गाउँपालिकाले २५ हजार दिने

 इसीमाना सम्वाददाता     २०८१ भदौ २५ गते ०५: ५० मा प्रकाशित     496   पटक पढिएको

जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाले १२ कक्षा पास गर्ने किशोरीलाई २५ हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

 

पालिका अध्यक्ष दिपिनदेव यादवले १२ कक्षा पास गर्ने किशोरी युवतिलाई गाउँपालिकाले २५ हजार रुपैयाँ सहयोग गर्ने कार्यपालिकाले निर्णय गरेको बताए ।

गाउँपालिकाभित्रबाट १२ कक्षा पास गरी २० बर्षसम्म अविवाहित रहने छात्रालाई यो रकम उपलब्ध गराउने गर निर्णय भएको अध्यक्ष यादवले जानकारी दिए ।

यस्तो प्रावधान लागूपछि गाउँपालिकाभित्र छोरीचेलीको उच्च शिक्षाप्रति आकर्षण बढ्नो र बालविवाह न्यूनिकरण हुने बिश्वास लिएको बताए ।

 

वालविवाह रोक्नको लागि र छोरीको उच्च शिक्षाको लागि सरकारले अर्बौ खर्च गरिरहँदा लागू गर्न कठिनाई भएको अवस्थामा गाउँपालिकाले बालविवाह न्यूनिकरणको लागि यस्तो उपाय अपनाएको उनले बताए ।

 

१२ कक्षापछि उच्च शिक्षा हाँसिल गर्न समेत प्रोत्साहन हुने अध्यक्ष यादवको विश्वास छ ।

गाउँ कार्यपालिकाको सदस्यहरुले बालविवाह न्यूनिकरण र छोरीचेलीको प्रोत्साहनको लागि सो निर्णय गरेको उनले बताए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.