बीरगंज । समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बीरगंज महानगरपालिका वडा नं १५ लक्ष्मणवाका २१ वर्षिय ओम कुमार पटेल उर्फ (पर्सा किङ) रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक भारतीले जानकारी दिए ।
सामाजिक संजालका बिभिन्न प्लेफर्मबाट अराजक गतिविधि तथा सामाजमा द्वण्द्व सृजना गर्ने काम गरेको आरोपमा पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी विरूद्ध सार्वजिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनायो । प्रहरीले यस्ता गतिविधिमा संलग्न अन्यहरुको खोजतलाश भइरहेको जनाएको छ ।
प्रहरीले त्यस्ता ब्यक्तिको पहिचान भएको जनाएको छ । प्रहरी यस्ता गतिविधि नगर्न सर्वसाधारणसंग अपिल गरेको छ ।
तपाईको प्रतिक्रिया