logo

अदालतबाट दण्डीत पर्साको पटेर्वा सुगौलीको मनिहर्वाका आठ प्रतिवादी पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ असोज ११ गते ०५: ३८ मा प्रकाशित     183   पटक पढिएको

बीरगन्ज । घरेलु हिंसामा संलग्न भइ अदालतबाट दण्डीत भएका पटेर्वा सुगौली गाउँपालिका वडा नं ५ महिर्वाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा पटेर्वासुुगौली–५ गौरी देवी थारु , रामा महतो थारु, रामपति देवी थारु , लक्ष्मन महतो, पलट महतो, लक्ष्मी महतो, रामेश्वर महतो थारु र रामायण माली रहेका छन् उनीहरु मध्य माली बाहेक सबै एकै खलकका हुन।

 

अदालतबाट सजाय पाइ फरार भएका प्रतिवादीलाई लुकिछिपी बस्दै गरेको अवस्थाबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका वडा १० का जवाहिर प्रसाद यादव एउटै नाम रहेका २ जना रहेका छन । बीरगन्ज–१४ पिपराका सतेन्द्र प्रसाद पटेल रहेका छन् ।


प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ७ जना कुटपिट मुद्दाका, ३ जना बैंकिङ कसूर र एक जना कर्तव्य ज्यान सम्बन्धि मुद्दाका छन् ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.