logo

सप्तकोशी क्षेत्रमा पर्यटककालागि गन्तब्य केन्द्र बनाउने मन्त्री लेखीको अभियान, नीति आयोगलाई लगे फिल्डमै

 इसीमाना सम्बाददाता      २०८१ असोज १८ गते १३: १५ मा प्रकाशित     326   पटक पढिएको

फत्तेपुर । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरी जिल्लामा पर्यटकीय गन्तब्यको केन्द्र निर्माण गर्न आवश्यक रहेको बताएका छन ।

 

मंत्रालयले शुक्रवार सास्कृतिक,ऐतिहासिक धार्मिक तथा पर्यटकीय प्रर्वद्धनकालागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

 

सप्तकोशी नगरपालिका फत्तेपुर, सिद्दिपुरदेखि भारदह, हनुमाननगरसम्म २५ किलोमिटर क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने मंत्री लेखीले बताए । यस अघि मंत्री लेखीले प्रदेश सरकार समक्ष यस्तो प्रस्ताव पनि बुझाएका थिए ।

मधेश प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको आयोजनामा “दोश्रो आवधिक योजना आ.व. २०८१/८२–२०८५/८६ को परिमार्जित मस्यौदा उपर छलफल कार्यक्रममा समेत मंत्री लेखीले पर्यटकीय गन्तब्यको केन्द्र बनाउनकालागि आफ्नो सुझाव राखेका थिए ।

May be an image of 7 people
अन्तरक्रिया कार्यक्रममा मंत्री लेखीले सप्ताकोशी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरे जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने र त्यसले आर्थिक गतिविधि बढने बताए । उनले आर्थिक गतिविधि बढेसंगै रोजगारी बढने नागरिकको आधारभूत जीवनमा समेत परिर्वतन आउने बताए ।

 

उनले पर्यटकको आगमन संगै अनेकौ सम्भावनाहरुको ढोका खुल्ने बताए ।

 

अवसरको बिकासकालागि आफू पनि जाग्नु पर्ने बताउदै पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नकालागि उनले स्थानीय जनप्रतिनिधि , नागरिक समाजका सरोकार समुहहरु,

राजनीतिक दल तथा संचारकर्मी सबैलाई अपिल गरेका छन ।

 

अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले सप्तरीका ईन्चार्ज एवं पोलिट्व्युरो सदस्य सुमनराज प्याकुरेल,मधेस योजना तथा निति आयोगका उपाध्यक्ष डा. सोहन साहले समेत आफना बिचार ब्यक्त गरेका थिए ।

 नेपालकै सबै भन्दा पुरानो र ऐतिहासिक नहर चन्द्र नहर, कोशी ब्यारेज, बराह क्षेत्र मन्दिर, चतराधाम, कोशी चतरा पुल, मयुर निखाता, कोशी मेला, प्रसिद्द गोरराजा मन्दिर, भजनेश्वर, ऐतिहासिक बिरासत बोकेको कंकालिनी तथा छिन्नमस्ता मन्दिर लगायत अग्नीसाइर, कृष्णासवरन देवस्थल एवम कजलादह, लोहजरा दह र कमल दह लगायतका स्थानलाई पर्यटककालागि गन्तब्य केन्द्र बनाउने मन्त्री लेखीले अभियान शुरु गरेका छन ।

 

उनको अभियानले सफलता पाउदा मधेशको सुदुर पूर्वको सप्तरी जिल्ला पनि पर्यटककालागि भ्रमणयोग्य स्थान बन्ने छ र त्यसको फाइदा स्थानीय नागरिकले लिने अवसर बन्ने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.