logo

सप्तकोशी क्षेत्रमा पर्यटककालागि गन्तब्य केन्द्र बनाउने मन्त्री लेखीको अभियान, नीति आयोगलाई लगे फिल्डमै

 इसीमाना सम्बाददाता      २०८१ असोज १८ गते १३: १५ मा प्रकाशित     435   पटक पढिएको

फत्तेपुर । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरी जिल्लामा पर्यटकीय गन्तब्यको केन्द्र निर्माण गर्न आवश्यक रहेको बताएका छन ।

 

मंत्रालयले शुक्रवार सास्कृतिक,ऐतिहासिक धार्मिक तथा पर्यटकीय प्रर्वद्धनकालागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

 

सप्तकोशी नगरपालिका फत्तेपुर, सिद्दिपुरदेखि भारदह, हनुमाननगरसम्म २५ किलोमिटर क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने मंत्री लेखीले बताए । यस अघि मंत्री लेखीले प्रदेश सरकार समक्ष यस्तो प्रस्ताव पनि बुझाएका थिए ।

मधेश प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको आयोजनामा “दोश्रो आवधिक योजना आ.व. २०८१/८२–२०८५/८६ को परिमार्जित मस्यौदा उपर छलफल कार्यक्रममा समेत मंत्री लेखीले पर्यटकीय गन्तब्यको केन्द्र बनाउनकालागि आफ्नो सुझाव राखेका थिए ।

May be an image of 7 people
अन्तरक्रिया कार्यक्रममा मंत्री लेखीले सप्ताकोशी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरे जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने र त्यसले आर्थिक गतिविधि बढने बताए । उनले आर्थिक गतिविधि बढेसंगै रोजगारी बढने नागरिकको आधारभूत जीवनमा समेत परिर्वतन आउने बताए ।

 

उनले पर्यटकको आगमन संगै अनेकौ सम्भावनाहरुको ढोका खुल्ने बताए ।

 

अवसरको बिकासकालागि आफू पनि जाग्नु पर्ने बताउदै पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नकालागि उनले स्थानीय जनप्रतिनिधि , नागरिक समाजका सरोकार समुहहरु,

राजनीतिक दल तथा संचारकर्मी सबैलाई अपिल गरेका छन ।

 

अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले सप्तरीका ईन्चार्ज एवं पोलिट्व्युरो सदस्य सुमनराज प्याकुरेल,मधेस योजना तथा निति आयोगका उपाध्यक्ष डा. सोहन साहले समेत आफना बिचार ब्यक्त गरेका थिए ।

 नेपालकै सबै भन्दा पुरानो र ऐतिहासिक नहर चन्द्र नहर, कोशी ब्यारेज, बराह क्षेत्र मन्दिर, चतराधाम, कोशी चतरा पुल, मयुर निखाता, कोशी मेला, प्रसिद्द गोरराजा मन्दिर, भजनेश्वर, ऐतिहासिक बिरासत बोकेको कंकालिनी तथा छिन्नमस्ता मन्दिर लगायत अग्नीसाइर, कृष्णासवरन देवस्थल एवम कजलादह, लोहजरा दह र कमल दह लगायतका स्थानलाई पर्यटककालागि गन्तब्य केन्द्र बनाउने मन्त्री लेखीले अभियान शुरु गरेका छन ।

 

उनको अभियानले सफलता पाउदा मधेशको सुदुर पूर्वको सप्तरी जिल्ला पनि पर्यटककालागि भ्रमणयोग्य स्थान बन्ने छ र त्यसको फाइदा स्थानीय नागरिकले लिने अवसर बन्ने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.