logo

‘पडकास्टिङस् सङ्क्षिप्त परिचय’ पुस्तक सार्वजानिक

 इसीमाना सम्वाददाता     २०८१ असोज १८ गते ०६: ४३ मा प्रकाशित     353   पटक पढिएको

काठमाडौं । सिएमआर नेपाल जर्नलिजम एकेडेमीले शुक्रबार जर्मन लेखिका ब्रीगीट हेगडर्नले लेखेको पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ।


एकेडेमीमा आयोजित कार्यक्रममा जर्मन दुतावासका नियोग उपप्रमुख तथा विकास सहयोग प्रमुख बेन्जामिन साइडेल र लेखिका हेगडर्नले पुस्तक सार्वजानिक गरेका हुन् ।

 

पुस्तक जर्मनीस्थित इन्टरलिंक एकेडेमीको सहकार्यमा सिएमआर नेपाल जर्नलिजम एकेडेमीले नेपालीमा अनुवाद गरी प्रकाशन गरेको हो ।


कार्यक्रममा नियोग उपप्रमुख साइडेलले लोकतन्त्रको विकासका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको र त्यसका लागि पत्रकारहरुको क्षमता अभिवृद्धि जरुरी रहेको बताए ।

 

उनले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि जर्नलिजम एकेडेमीले खेलेको भूमिकाको पनि सराहना गरे ।

 

साइडेलले अहिले मिथ्या सूचना फैलिरहेको अवस्थामा पत्रकारिता र पत्रकारको महत्व झनै बढेको उल्लेख गर्दै प्रविधिले ल्याएको चुनौतीको सामना गर्न पत्रकारितासम्बन्धी तालिमहरु महत्वपूर्ण हुनेमा जोड दिए ।


लेखिका हेगडर्नले पकडकास्टिङको महत्वको विषयमा प्रकाश पारेकी थिइन् । पडकास्टिङ उत्पादनका लागि के कस्ता प्रविधिको प्रयोग गर्ने र त्यसलाई विश्वसनीय एवं सहानुभुतियुक्त बनाउन के गर्ने र यसको बजारीकरणका लागि के कस्तो उपाय अपनाउन सकिन्छ भन्ने विषयमा उनले जोड दिएकी थिइन् । त्यसका साथै पडकास्टिङबाट के कसरी आयआर्जन गर्न सकिन्छ भन्ने विषयमा पनि हेगडर्नले उल्लेख गरेकी थिइन् ।


कार्यक्रममा सिएमआर नेपालका कार्यकारी निर्देशक तिलक पाठकले सिएमआर नेपालले मिडिया अनुसन्धान, मिडिया नीति समीक्षा एवं सरोकारवालाहरुसँग छलफल गर्दै आएकोमा पछिल्लो समय मिथ्या सूचनाविरुद्ध अभियान संचालन र मूलधारको मिडिया र पत्रकारलाई सहयोग एवं क्षमता अभिबृद्धिको कार्यक्रमलाई जोड दिएको बताए ।

 

नेपाल फ्याक्टचेक सुरु गरेर मिथ्या सूचनाको तथ्यजाँच गर्ने काम गरेको र एकेडेमीमार्फत पत्रकारहरुलाई डेटा ड्रिभन जर्नालिज्म, मोबाइल जर्नालिज्म, पडकास्टिङ, डिजीटल सुरक्षा, र तथ्याजाँचलगायतका तालिम दिने कार्य गरेको बताए ।


एकेडेमीका निर्देशक उज्ज्वल आचार्यले एकेडेमीले जर्मनीको इन्टरलिंक एकेडेमीसँगको सहकार्यमा पत्रकारितासम्बन्धी उच्च गुणस्तरको तालिम दिइरहेको र एकेडेमीले अहिलेसम्म १४६ पत्रकारहरुलाई तालिम दिइसकेको उल्लेख गरे ।


एकेडेमीबाट प्रकाशित पडकास्टिङ पुस्तकको नेपाली अनुवाद एकेडमीका पडकास्टिङ प्रशिक्षक श्रीराम पौडेल र रबिराज बरालले गरेका हुन् भने सम्पादन आचार्यले गरेका हुन् ।


कार्यक्रममा साइडेलले एकेडेमीमा पत्रकारका लागि डिजिटल सुरक्षा कोर्सका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.