गोलबजार । सिराहको लहानबाट प्रहरीले एक मलेशियन नागरिकलाई गिरफ्तार गरेको छ ।
रोेजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
लाहान ४ मा रहेको एउटा होटेलमा अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह गिरफ्तारीमा परेका हुन ।
उनीसंगै लहान–२३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव र ३९ वर्षीय सूर्यनारायण देव पनि गिरफ्तारीमा परेका छन ।
उनीहरुले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया