वीरगन्ज । रौतहट प्रहरीले भन्सार छलीका सामानसहित भारत विहार मोतिहारी जिल्ला श्रीपुर पञ्चायतका गोविन्द दासलाई पक्राउ गरेको छ । उनलाई जिल्लाको बौधीमाइ नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको हो ।
भन्सार छलीका ६९ हजार ५० रुपैयाँ बराबरको भन्सार छलीका कस्मेटिक सामान र लत्ताकपडा बरामद गरेको प्रहरी प्रवक्ता दीपककुमार रायले बताए ।
विशेष सूचनाको आधारमा भन्सार छलीका सामानसहित दासलाई पक्राउ गरिएको प्रहरी दाबी छ । उनको साथबाट प्रहरीले भारतीय नम्बरको बीआर शून्य पाँच एल ६७१९ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
बरामद सामानसहित मोटरसाइकल र दासलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया