logo

ठोरी र बीरगंजमा नेपाल सम्वत ११४५ को अवसरमा बिभिन्न कार्यक्रमको आयोजना सम्पन्न

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक १७ गते ०६: ३० मा प्रकाशित     460   पटक पढिएको

ठोरी ।नेपाल सम्वत् ११४५ को अवसरमा नेवार समुदायले मोटरसाइकल र्याली सहित कार्यक्रम सम्पन्न गरेका छन।

नेपाल संवत अनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन सुरु हुने नयाँ वर्षको अवसर पारेर नेवा खलः ठोरी गाउँपालिका ले  सुवर्णपुरदेखि ठोरीको पर्यटकीय क्षेत्रका रुपमा परिचित राईधारासम्म मोटरसाईकल ¥याली निकालेको हो 

 

कार्यक्रममा सहभागीहरुले नेवारी पहिचान झल्कने पोषाक र न्हुँ दया भिन्तुना लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। ¥याली सुवर्णपुरबाट मालीवस्ती , विजयवस्ती, निर्मलबस्ती , ब्रम्हानगर , बुद्धनगर , रामनगर हुँदै ठोरीकोठुटेखोला किनारमा रहेको राईधारामा गएर समापन भएको थियो ।

कार्यक्रममा  ठोरी गाउँपालकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ , पुर्व अध्यक्ष पदमलाल श्रेष्ठ , उपाध्यक्ष गोकुली कुमारी रेग्मी , ठोरी –४ का वडाध्यक्ष मान बहादुर थिङ ,नेपाली काङ्ग्रेस ठोरी सभापति सन्तोष श्रेष्ठ, नेपाल शिक्षक महासंघ ठोरी अध्यक्ष अमृत श्रेष्ठ लगायत ठोरीका नेवार समुदाय एवम् गैर नेवार समुदायका अगुवाहरु एवम् युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नेवार समुदायमा प्रचलित म्हः पुजाको दिनदेखि नेपाल सम्वतको नयाँ बर्ष प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक बर्ष ठोरीमा कार्यक्रम गरिदैँ आएको छ ।

यसैगरि नेपाल सम्वत ११४५ को अवसरमा वीरगञ्जमा –याली निकालिएको छ ।

नेपाल सम्वत ११४५ समारोह समितिको आयोजनामा वीरगञ्जको चिल्ड्रेन पार्कबाट निकालिएको –याली मकालु होटलको चोक हुँदै माईस्थान पुगेर पुनः फर्किएर वीर्ता स्थित शंखधर साख्वाँको शालिकमा माल्यार्पण गरि समापन भएको छ ।

WhatsApp-Image-2024-11-02-at-12.53.51-PM.jpeg?fit=1200%2C628&ssl=1
समारोह समितिका संयोजक सुन्दर श्रेष्ठको नेतृत्वमा निकालिएको –यालीमा  खानेपानी मन्त्री प्रदीप यादव, मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक  शाक्य, वीरगन्ज महानगरका मेयर राजेशमान सिंह लगायत वीरगन्जमा बसोवास गर्ने नेवार समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

–याली अघि चिल्ड्रेन पार्कमा नेवारी संस्कृति अनुसार टीका र ध्वजा लगाई सगुन प्रसाद ग्रहण गरि शुभकामना आदानप्रदान गरिएको थियो ।

 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.