logo

१३ लाखको सुन सहित बीरगंज भेडियाहीका सोनार पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ मंसिर १२ गते ०९: १९ मा प्रकाशित     561   पटक पढिएको

बीरगन्ज ।  बीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाही निवासी २८ वर्षका जयप्रकाश कुमार सोनार सुन सहित पक्राउ परेका छन ।

प्रहरीले उनलाई बीरगन्ज महानगरपालिका वडा नम्बर ८ लिंकरोडस्थित सानिमा बैंकको अगाडिको सडकखण्डबाट पक्राउ गरेको हो ।

अवैध रुपमा सुन भित्रिरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शंकास्पद रुपले आउदै  गरेको ना ६२ प २७०५ नम्बरको निलो एफजेड मोटरसाइकलमा सवार उनलाई रोकेर जाँच गरेको थियो ।

 

सोही क्रममा जयप्रकाशले लगाएको कालो जिन्स पाइन्टको दाहिनेपट्टीको खल्तीबाट सुन बरामद भएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले बताए । 

 

उक्त सुनको आजको बजार भाउ १३ लाख ८८ हजार ४३६ रुपैँया रहेको प्रहरीको भनाइ छ ।

 

सुनसहित पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.