logo

आदिवासीका प्रथाजनित अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकारको ध्यान जानू आवश्यक छः मन्त्री लेखी

 इसीमाना सम्वाददाता     २०८१ फागुन ८ गते ०२: ०५ मा प्रकाशित     542   पटक पढिएको

आदिवासी जनजाति अनुसन्धान बिकाश केन्द्र(सीप्रेड) नेपालको अध्यक्ष डा.पासाङ्ग शेर्पाको अध्यक्षता तथा मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री  राजकुमार लेखीको प्रमुख अतिथ्यतामा तराईका मुलवासी थारु समुदायको माइन्जन,जेवार प्रथाजनित अभ्यास सम्बन्धित छलफल तथा अन्तरक्रिया कार्यक्रमू सम्पन्न भएको छ।


थारु समुदायले ऐतिहासिक काल खण्ड देखि समाज ब्यबस्थापन र संचालनको लागि  अभ्यासमा ल्याएको माइन्जन,जेवार,थान पति जस्ता प्रथाहरु लोप हुँदै गएको अवस्थामा (सीप्रेड) नेपालले त्यस्ता प्रथाजनित अभ्यासहरुलाई पुर्नस्थापित गर्न सप्तरीको सप्तकोसी नगरपालिका तथा उदयपुरको बेलका पालिकाका थारु समुदायमा अध्यन अनुसन्धानको कार्यक्रम संचालन गर्दै आइरहेको छ।


कार्यक्रमका प्रमुख अतिथि गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखिले समाजलाई एकताबद्द बनाउन,दिगो बिकाशका कार्यक्रमहरुमा व्यापक जनसहभागिता गराउन र जलवायु परिवर्तन जस्ता बिश्वकै प्रमुख चुनौतीहरुको न्युनिकरण का लागि आदिवासी समुदायले ऐतिहासिक कालखणडदेखी अभ्यासमा ल्याएका माइन्जन,जेवार जस्ता प्रथाहरुलाई संस्थागत गर्न स्थानीय तहले ऐन कानुन निर्माण गर्नु पर्ने कुरामा जोड दिए ।

May be an image of 8 people, people studying, people smiling and table
 अध्यक्ष डा.पासाङ्ग शेर्पाले कार्यक्रमको बिषयमा प्रकाश पारी सुरु भएको उक्त कार्यक्रममा सप्तकोसी नगरपालिकाका प्रमुख,उपप्रमुख बेलका नगरपालिकाका उपप्रमुख,विभिन्न वडाका वडा अध्यक्ष,माइन्जन,जेवार प्रथा अनुसन्धान समितिका पदाधिकारी,थारु संस्कृती संघ नेपालका पदाधिकारी लगायत बिज्ञ ब्यक्तिहरुले अन्तरक्रियामा भाग लिनु भएको थियो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.