logo

आदिवासीका प्रथाजनित अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकारको ध्यान जानू आवश्यक छः मन्त्री लेखी

 इसीमाना सम्वाददाता     २०८१ फागुन ८ गते ०२: ०५ मा प्रकाशित     413   पटक पढिएको

आदिवासी जनजाति अनुसन्धान बिकाश केन्द्र(सीप्रेड) नेपालको अध्यक्ष डा.पासाङ्ग शेर्पाको अध्यक्षता तथा मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री  राजकुमार लेखीको प्रमुख अतिथ्यतामा तराईका मुलवासी थारु समुदायको माइन्जन,जेवार प्रथाजनित अभ्यास सम्बन्धित छलफल तथा अन्तरक्रिया कार्यक्रमू सम्पन्न भएको छ।


थारु समुदायले ऐतिहासिक काल खण्ड देखि समाज ब्यबस्थापन र संचालनको लागि  अभ्यासमा ल्याएको माइन्जन,जेवार,थान पति जस्ता प्रथाहरु लोप हुँदै गएको अवस्थामा (सीप्रेड) नेपालले त्यस्ता प्रथाजनित अभ्यासहरुलाई पुर्नस्थापित गर्न सप्तरीको सप्तकोसी नगरपालिका तथा उदयपुरको बेलका पालिकाका थारु समुदायमा अध्यन अनुसन्धानको कार्यक्रम संचालन गर्दै आइरहेको छ।


कार्यक्रमका प्रमुख अतिथि गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखिले समाजलाई एकताबद्द बनाउन,दिगो बिकाशका कार्यक्रमहरुमा व्यापक जनसहभागिता गराउन र जलवायु परिवर्तन जस्ता बिश्वकै प्रमुख चुनौतीहरुको न्युनिकरण का लागि आदिवासी समुदायले ऐतिहासिक कालखणडदेखी अभ्यासमा ल्याएका माइन्जन,जेवार जस्ता प्रथाहरुलाई संस्थागत गर्न स्थानीय तहले ऐन कानुन निर्माण गर्नु पर्ने कुरामा जोड दिए ।

May be an image of 8 people, people studying, people smiling and table
 अध्यक्ष डा.पासाङ्ग शेर्पाले कार्यक्रमको बिषयमा प्रकाश पारी सुरु भएको उक्त कार्यक्रममा सप्तकोसी नगरपालिकाका प्रमुख,उपप्रमुख बेलका नगरपालिकाका उपप्रमुख,विभिन्न वडाका वडा अध्यक्ष,माइन्जन,जेवार प्रथा अनुसन्धान समितिका पदाधिकारी,थारु संस्कृती संघ नेपालका पदाधिकारी लगायत बिज्ञ ब्यक्तिहरुले अन्तरक्रियामा भाग लिनु भएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.