logo

राष्ट्रिय विभूतिको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा कार्यक्रम सम्पन्न

 इसीमाना सम्वाददाता     २०८१ फागुन १० गते ११: १२ मा प्रकाशित     467   पटक पढिएको

सीमरा । बाराको डुमरवानामा रहेको राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले २३औं वार्षिकोत्सव तथा अभिभावक दिवस विशेष कार्यक्रम गरि शनिबार सम्पन्न गरेको छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काप्mलेले उद्घघाटन गरेको कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले सांगीतिक प्रस्तुति एवं विभिन्न लोक संस्कृती झल्किने नृत्य प्रस्तुत गरेका थिए । 


छात्रछात्राहरुको पाक कलाको प्रवद्र्धन तथा उनीहरुलाई प्रोत्साहन गर्न कार्यक्रम स्थलमा फुड स्टल लागाइएको थियो ।

आ आफ्नो भेषभुषामा सजिएर थारु, नेवारी लगाएत विभिन्न थरिका परिकार सहित स्टल भ्रमण गर्ने र स्वादिष्ट खाजा खानेहरुको भिडले विद्यार्थीहरु उत्साहित  भएका थिए । 

May be an image of 4 people and text that says 'TintiMinti ChidhanBhuyiga በትፍም STALL STALLNO-3 NO-3'
वार्षिकोत्सव समारोहका अवसरमा विद्यालयले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत र सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयले खेलकुदसहित विभिन्न रचनात्मक कार्यक्रम समेत सम्पन्न गरेको छ ।

विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामा वाइवा, डुमरवाना बहुमूखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी, जीतपुरसिमरा १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, जनता माध्यमिक विद्यालय रजघट्टाका प्रधानाध्यापक राजुप्रसाद अधिकारी, विभूति एजुकेशन नेटवर्कका निर्देशक श्यामप्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।


राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका अध्यक्ष विदुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक किशोर श्रेष्ठले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.