logo

लायन्स इन्टरनेशनल डिष्ट्रक्ट ३२५ एस काे गभर्नरमा रामबिहारी पाण्डे निर्वाचित

 इसीमाना सम्बाददाता     २०८२ चैत २९ गते ०६: १५ मा प्रकाशित     360   पटक पढिएको

 काठमाडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ को लायन वर्ष २०२६–२०२७ को लागि नयाँ नेतृत्व चयन भएको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ को काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट डिष्ट्रिक्ट गभर्नर पदमा वीरगञ्जका चर्चित समाजसेवी एवं सफल व्यवसायी रामबिहारी पाण्डे निर्वाचित हुनुभएको छ ।

 

 त्यसैगरी, प्रथम उप–गभर्नर पदमा हेटौंडाकि वरिष्ठ समाजसेवी एवं सफल महिला उद्यमी अंकीता सुमार्गी र द्वितीय उप–गभर्नर पदमा काठमाडौंका वरिष्ठ समाजसेवी एवं उद्यमी महेश पोखरेल निर्वाचित हुनुभएको छ ।

 

नवनिर्वाचित गभर्नर पाण्डे लायन्स आन्दोलनमा विगत २९ वर्षदेखि सक्रिय रहँदै आउनु भएको एक अनुभवी तथा समर्पित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ ।

 

 

उहाँले आफ्नो कार्यकालमा डिष्ट्रिक्ट ३२५ ‘एस’ लाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

 उहाँले डिष्ट्रिक्ट ३२५ ‘एस’ लाई नमुना डिष्ट्रिक्टको रूपमा विकास गर्ने लक्ष्य राख्दै सदस्यता विस्तार, नेतृत्व विकास, प्रविधिमैत्री व्यवस्थापन तथा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवसेवा सम्बन्धी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने योजना अघि सार्नु भएको छ ।

 

त्यसैगरी, नवनिर्वाचित प्रथम उप–गभर्नर अंकीता सुमार्गी तथा द्वितीय उप–गभर्नर महेश पोखरेलले पनि डिष्ट्रिक्टको समग्र विकास तथा सदस्यहरूको सक्रिय सहभागिता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

 

 नयाँ नेतृत्व चयनसँगै डिष्ट्रिक्ट ३२५ ‘एस’ मा नयाँ ऊर्जा, उत्साह र सक्रियता थपिने विश्वास लिइएको छ । लायन्स सदस्यहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.