नेपाल पत्रकार महासंघ पर्साका सदस्य एंव युवा पत्रकार नरेश सरार्फको आज विहान हृदयघातबाट निधन भएको छ ।
पशुपती रोड क्यारियर्सको मालबाहक ट्रक पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
सडक दुर्घटनामा परि बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरी निवासी ४५ वर्षिय तपसी साह कानुको मृत्यु भएको छ ।
पर्साको कालिकामाई गाउंपालिका १ मुड्ली निवासी दिनेश कलवारको श्रीमती कुसुम देवी कलवार र प्रमुख सहयोगी राजकिशोर पटेल माथी अख्तियार दुरुपयोग अनुसंधान आयोगले बिषेश अदालतमा मुद्दा दायर गरेको छ ।
सडक दुर्घटनामा परि घाइते भएका वीरगंज महानगरपालिकाको वडा नं १२ मुर्लीका १९ वर्षिय साहिल अन्सारीको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाइने छ ।
नेपाल पत्रकार महासंघ रौतहटको साधारण सभा दुर्गा भगवति गाउँ पालिकाको सामुदायिक भवनमा यही कार्तिक २६ गते शनिवार हुने भएकोछ । जिल्ला कार्य समिति सचिव मदन ठाकुरले दिए ।
बहुदरमाई नगरपालिका वडा नं ७ छपकैयाबाट सशस्त्र प्रहरीले ७ किलो गाँजा बरामद गरेको छ ।
घरको छतबाट लडी २ वर्षिया वालिकाको मृत्यु भएको छ ।
गत कार्तिक १३ गते ट्याक्टरको ठक्करबाट घाईते भएका वीरगन्ज महानगरपालिका वडा नंम्बर ३२ चोर्नीका ५९ बर्षीय वृद्ध चोकट महतो को मृत्यु भएको छ ।
प्रहरीले चोरीको मोटरसाइकल सहित वीरगंज महानगरपालिकाको वडा नं २५ सिर्सियाका २४ वर्षिय सुनिल कुमार पटेललाई पक्राउ गरेको छ ।
फलास खेलीरहेका ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जुवाको खालबाट प्रहरीले एक सेट ताससहित ९३ हजार १ सय ५० रुपैयाँ नगद बरामद गरेको छ ।
१५ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं २ निवासी २२ वर्षिय आकाश मण्डललाई प्रहरीले ०७९ कार्तिक ८ गते गिरफ्तार गरेको छ ।
नेपाल संवत् ११४३ को अवसरमा वीरगञ्जमा प्रभातफेरी निकालिएको छ । वीरगञ्जको अलखियामठस्थित बाल उद्यान पार्कबाट नेवार समुदायको अगुवाईमा प्रभातफेरी निकालिएको हो ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनीक गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानी टंकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षिय युवाको मृत्यु भएको छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाको बहुउद्देश्यीय तालिम केन्द्र निर्माण गर्न नारायणगढ निवासी समाजसेवी बालगोपाल चुकेले जग्गा प्रदान गर्ने हुनुभएको छ ।