logo

पर्सा जिल्लामा खेलकुदको विकासका लागि गम्भीर छुः पूर्वमन्त्री यादव

 इसीमाना सम्वाददाता     २०७९ फागुन ९ गते ०८: ०७ मा प्रकाशित     725   पटक पढिएको

वीरगञ्ज, । पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा जिल्लामा खेलकुदको विकासका लागि आफू गम्भीर रहेको बताएका छन् । 

 

पर्सालाई खेलकुदको केन्द्रका रुपमा विकसित गर्नुपर्ने बताउँदै यादवले यसका लागि आफूले सदन मार्फत आवाज उठाउने बताएका छन ।

 

मंगलबार वीरगञ्जमा पर्सा क्रिकेट संघले आयोजना गरेको पर्सा क्रिकेट लिग २०७९ को फाइनल खेलको समापन समारोहमा बोल्दै यादवले स्थानीय खेलाडीका प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिताको आयोजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

 

उनले जिल्लामा खेलकुदको विकासका लागि थप पूर्वाधार निर्माण र खेलाडीहरुमा लगानी बढाउनुका निमित्त संघ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्ने बताए ।

 

उनले वीरगञ्ज महानगरपालिकाका मेयरले यसको अभिभावकत्व लिएर प्रदेश र संघ सरकारसँग समन्वय गर्नुपर्ने सुझाए ।

‘पर्सा जिल्लामा खेलकुदको गतिविधि बढाएर यसलाई खेलकुदको हब बनाउनु पर्छ । यो सम्भव पनि छ । तिनै तहको सरकारले मिलेर काम गर्नुपर्छ ।

 

मैले सदन मार्फत पनि यसको लागि आवाज उठाउँदै आएको छु र अगाडि पनि उठाउने नै छु,’ उनले भने ।पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य समेत रहेका यादवले

प्रतियोगिताको विजेता र उपविजेता टिमलाई यादवले ट्रफी र मेडल प्रदान गरेका थिए । नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा युनाइटेड क्रिकेट क्लब मुर्ली वीरगञ्जलाई ३ विकेटले हराउदै नेशनल इन्फोटेकले उपाधि जितेको छ ।

 

टस जितेर पहिले व्याटिंग गरेको युनाइटेड क्रिकेट क्लब मुर्लीले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । १ सय ४७ रनको लक्ष्य नेशनल इन्फोटेकले पुरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा पुरा गरेको हो ।

 

वीरगञ्ज महानगरपालिकाको आर्थिक सहयोगमा पर्सा क्रिकेट संघले फागुन २ गतेदेखि आयोजना गरेको प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.