logo

मनोबल उच्च राखे सजिलै कोरोना जितिन्छ

      8/25/2020 गते 00 00 मा प्रकाशित     2073   पटक पढिएको

प्रभाकर गुप्ता 
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट कुनै पनि देश अछुतो रहेन । चिनको हुवान सहरबाट फैलिएको कोरोना भाईरसबाट हाम्रो सुन्दर देश नेपाल पनि बाकी रहेन ।

 

नेपालमा पनि दिन प्रतिदिन कोरोना भाईरसको लक्षण देखिन थाल्यो । यसको रोकथामको एउटै उपाय थियो लकडाउन जुन कि नेपाल सरकारले चैत्र ११ देखी जारी गर्याे । एउटा सभ्य र ईमान्दार नागरीकको हैसियतले घरमै बसी लकडाउनको पालना गरे ।

 

पुरै लकडाउन अवधीभर अतिआवश्यक काम बाहेक बाहिर निस्किन । साउन १० गते काम विशेषले हामी ५ जना साथी भाई काठमाडौ सतर्कताका साथ गयौ । ५ दिनपछि काठमांडौबाट फर्किने बेला २१ घण्टाको लामो जाम र पानीलाई छिछिल्दै १६ गते घर आईपुग्यौ ।

 

अलिकती थकान र जिउ दुख्ने महशुष भयो । तर, केही दिनमा निको पनि भयो । तर, साउन २९ मा मपनि कोरोनाको चपेटामा परे । १२ दिनको होम आइसोलेशन पश्चात सोमबार राति मेरो पीसीआर रिर्पोट नेगेटिभ आएको छ । 

आखिर म कसरी भए संक्रमित ?


पार्टीको एकजना जिम्मेवार नेतालाई कोरोना संग मिल्दो जुल्दो लक्षण देखा पर्न साथ उहाँ  अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भई उपचार गराउने भयो । उहाँले त्यती नै बेला आफनो पिसीआर परिक्षणकालागि स्वाब दिनु भयो ।

 

पि.सि.आर. रिपोर्ट नेगेटीभ आयो र उहाँलाई वीरगंजको एउटा अस्पतालमा सिफ्ट गरियो  । साउन २१ गते उहाँको स्वास्थ्यमा समस्या आएपछि हामी साथी भाई भेट्न गयौ । दाईको खोकी पनी लागातार आईरहने हामी तेही कोठामा बसी गफि रहयौ र अलिकती मैले दाईको मोबाईल पनि चलाएको थिए ।

 

लगतै  तल गएर पानी खाए । दाईलाई हेलिकप्टरबाट थप उपचारको लागि काडमांडौ पठायौ र घर आएपछी तातो पानी र डिटोल साबुनले नुहाए । त्यो रात म छोरी संग सुते । भोली पल्ट दाईको पि.सि.आर. रिपोर्ट पोजेटीभ आएको खबर सुन्नसाथ म बाट परिवार र टोल छिमेकमा संक्रमण नफैलियोस भनेर घर परिवारबाट टाढा हामी सात जना क्वारेन्टिनमा गयौ ।

 

सबैसंगै लुडो खेलेर दिन काटियो । क्वारेन्टाइनको पाचौ दिन २६ गते स्वाब दियौ । ३ दिन पछि नारायणी अस्पतालका मे.सु. डा.मदन उपाध्यायले प्रभाकर जी तपाई लागायत ३ जना साथीको पि.सि.आर. रिपोर्ट पोजेटीभ आएको छ भन्ने जानकारी दिनु भयो  । राती ११ बजे सूचना आए पछि संगै बसेका साथी भाईहरुमा तनाव भयो र त्यो रात देखी हामी छुटा छुटै बस्न थाल्यो । 


आइसोलेसनमा पहिलो दिन


बिभिन्न संचार माध्यमबाट र समाजिक संजालमा खबर प्रकाशित हुनसाथ मेरो आफन्त साथी भाई  तथा मेरो शुभचिन्तकहरु लगायत पार्टीका नेतागण र मेरो संगठनका पुर्व अध्यक्ष तथा बर्तमान कार्यसमिति सबैजनाले फोनको माध्यमबाट स्वास्थ्य स्थिति बुझ्नुका साथै स्वास्थ्य लाभको कामना समेत गर्नु भयोे ।

 

सात दिनको सेल्फ क्वारेन्टाईनको बसाई पछि, घरमै आइसोलेट भएर बसे । आफन्त र छिमेककाहरु टाढैबाट भेटर सहानुभुतीका साथै चाडै निको हुने शुभकामना दिनु हुन्थ्यो  । दैनिकी करिब २०० देखी २५० सम्म फोन आउन थाल्यो । केही साथीहरुले सामाजिक सञ्जालको माध्यमबाट स्वास्थ्य लाभको कामना गरे । साथी भाईहरुको ठुलो माया, प्रेम र सदभावले मेरो मनमा उर्जा थपिएकै थियो । छिटै निको हुने विश्वास पैदा भयो ।  

 


घरमा परिवारसंग करिब ५० मिटरको दूरि कायम हुने गरि म आइसेलेट भएको थिए । श्रीमतीजीले गेटमा खाना  राखि दिन्थिन् । अनुहार मलिनो बनाउदै केही हुदैन बाबा चाडै निको हुनुहुनेछ भन्दै ढाड्स दिन्थिन् । त्यसबेला मैले सम्झे शोषक वर्गले दलित वर्गमाथि कति अत्याचार गरेका छन् । उनीहरुलाई कति पीडा हुदो होला जब उनीहरुले छोएको पानी पनि कथित उच्च जातिले खादैनन् ।

 

 

यसैगरि समाजमा रहेको रुढीवादी चिन्तनले राजस्वला हुने महिलालाई अछुत झै व्यवहार गर्छन् । कतिपय ठाउमा छाउगोठ नै निर्माण गरिएका छन् । महिलाको प्राकृत्तिक बनावटकै आधारमा हुने शारिरीक परिवर्तनले रुढीवादी चिन्तन र सोचले कति विभेद गरेको छ । 


खानपिन र व्ययाम


साथीभाईहरुको सल्लाहमा शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मैले हर एक प्रयास गरे । दैनिक टाईम टेबल बनाए । त्यस अनुरुप नै मैलै आफ्नो दैनिकी चलाए । चिकित्सक तथा स्वास्थ्यकर्मी साथीहरुको सल्लाहमा खान पिन र औषधी सेवन गरि रहे ।


दैनिक जिवनमा परिवर्तन


यसअघि प्राय ७–८ बजे उठने मान्छे ५ बजे उठी नित्यकर्म गरी आफ्नो कोठामा कुचो लगाउने देखी लिएर सरसफाई गर्ने बानी बसाले ।

 

६ः०० बजे हल्का व्यायम गरेर बेसार र तातो पानी खाने, त्यस पछी हल्का खाजा खाने र भिटामिन ट्याब्लेट  । नुहाई धोवाई गरिसकेपछी आफुले लगाएको कपडा धोई कोठामै सुकाउथे । खाना पत्तामा राखेर खान्थे । खाई सकेपछि पता कोठामै जलाई दिन्थे ।

 

त्यस पछि फेरी औषधी खानु र हल्का आराम गरी केही पढ्ने र लेख्ने बानी बसाले । दिउसोको खाजा खाई सकेपछी हल्का फेरी आराम गर्ने र रातीको खाना खाएर १०ः०० बजे सम्म सुत्थे । यसरी नै मेरो १४ दिन होम आईसोलेशन बिताए  । 


संक्रमितलाई हौसला प्रदान


म कोरोना संक्रमित भईसकेपछी विभिन्न संक्रमित साथीभाईहरु म संग जोडिने प्रयास गर्नु भयो । आफनो पीडा  र भोगाई म संग साटा साट गनुृ भयो  ।

 

त्यति खेर मैले एउटा प्रण पनि गरे कि मैले हार मान्नु हुदैन् । र म जस्तै संक्रमित भएकाहरुको मनोबल बढाउने प्रयास गर्छु । त्यसका लागि मैले सामाजिक सञ्जालको सहयोग लिएर जनचेतना फैलाउने काम गरे ।

 

अनुभव साटा साट गर्ने क्रममा कतिपय संक्रमित कोरोनाको डर र त्रासले आधा गलेका थिए । मनमा डर पैदा भएको थियो । समाजमा पनि संक्रमित र परिवारलाई हेला गर्ने गरिएको छ । 

 


आर्थिक क्षेत्रमा परेका प्रभाव ः
नोवेल कोरोनाले जसरी विश्वब्यापी रुपमा आफनो पकड जमाउन सफल भएको छ । ठिक त्यसको विपरित अर्थतन्त्रमा ठुलो गिरावट तथा मन्दी छाएको छ । सबै उधोग कलकारखाना बन्द परेको छ उत्पादन ठप्प छ । आयात निर्यात बन्द परेको छ । त्यसकारण अर्थतन्त्रको समस्या सानो मुलुकलाई भएको छ । तर कोरोनाले ब्यापार ब्यवसायमा एउटा सकारात्मक पक्षमा सिकाएको छ । उधारो को कारोबार टोटली बन्द गरी नगदको ब्यापार गर्न सिकाएको छ ।


अन्तमा
म संक्रमणबाट मुक्त भइसकेपछी समाजमा परेको यसको नाकारात्मक पक्षलाई सचेतनाको माध्यमबाट होस या स्थानीय प्रहरी प्रशासन र वडा संग सहकार्य गरी ति तमाम संक्रमित आमा,बुवाको  घाउमा मलहम लगाउने अभियानमा जुटने छु ।

 

– लेखक अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् ।                                             

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

साक्षी रामको सुरक्षामा ध्यान पुर्‍याउन सरकारसंग इन्सेकको माग

वीरगंज ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ असार २५ गते एक विज्ञप्ति प्रकाशन गरी रौतहट बमकाण्डका जीवित साक्षी ४३ वर्षीय गौरीशंकर रामको भौतिक सुरक्षाप्रति चासो र चिन्ता व्यक्त गरेको छ ।

जकपुरका मेयर साहका काकाको हत्या आरोपी महासेठ पक्राउ

जनकपुरधाम । प्रहरीले जनकपुरमा आफ्नै ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.