logo

स्वास्थ्य समस्या नै नभएका अरविन्दको अनुभव- ‘मृत्युको मुखबाट मुश्किलले फर्किएँ, कोरोनालाई हल्का नठानौं’

      10/1/2020 गते ००: ०० मा प्रकाशित     1368   पटक पढिएको

वीरगञ्ज निवासी शिक्षक, सामाजिक कार्यकर्ता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अरविन्द सिंह (४३) कोरोनाभाइरस संक्रमण भएर झन्डै दुई महीनाको उपचारपछि निको भएका छन्। ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिएका उनलाई स्वास्थ्य स्थिति जटिल बनेपछि हेलिकप्टरबाट २० साउनमा काठमाडौं ल्याएर पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भयो। पाटन कोभिड अस्पतालको आईसीयूमा भर्ना भएका र करीब ५१ दिन अक्सिजनको सहारामा उपचार गराएका उनी ६ असोजमा डिस्चार्ज भए। सिंहले संक्रमित भएपछिको भोगाइ र अस्पताल बस्दाको अनुभव हिमालखबरसँग यसरी बताएः


पेशाले शिक्षक हुँ, सामाजिक कामहरूमा पनि सक्रिय रहँदै आएको छु। कहिल्यै बिरामी भएको थाहा छैन। हरेक तीन महीनामा रगत दिएर ६० पटकभन्दा बढी रक्तदान गरेको छु। नियमित जिम गर्थें, डेढ सय किलोसम्मको वेट उचाल्थें। यति कुरा किन भनेको हुँ भने, तन्दुरुस्त मानिसलाई पनि कोरोनाभाइरसले असाध्यै गाह्रो अवस्थामा पुर्‍याउँदो रहेछ। 

साउनको १३/१४ गतेतिर घाँटी दुख्ने, ज्वरो आउने भयो। पीसीआर परीक्षण गराएँ। तर, रिपोर्ट आइसकेको थिएन। घरमै बसेर औषधि खाँदा ठीक नभएपछि कोभिड अस्पतालको आईसीयूमा भर्ना भएँ। अस्पताल पुगेपछि पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आयो। १९ साउनको राति अर्को अस्पतालमा सारियो। 

त्यसपछि त झन् निरन्तर खोकी लाग्यो, रगत पनि आउन थाल्यो। डाक्टरहरूले औषधि दिए पनि खोकी निको भएन। त्यो रात केहीबेरसम्म त बेडबाट बेसिनमा गएर रगत थुकें। तर, पछि त बेडबाट झर्नै सकिनँ। खोकीसँगै आएको रगत निल्दै बसेँ। 

म अस्पतालमा भएको पर्यटन मन्त्री योगेश भट्टराईले थाहा पाएर भोलिपल्ट बिहानै फोन गर्नुभयो। हेलिकप्टर पठाइदिन्छु, काठमाडौं आउनु भन्नुभयो। तत्कालीन नेकपा एमालेको केन्द्रीय प्रचार विभागको उहाँ प्रमुख हुँदा म सदस्य भएकाले हामी निकट थियौं। काठमाडौं जानेबारे डाक्टरहरूलाई भन्दा उहाँहरूले जानु ठीक हो भन्नुभयो। त्यसपछि चाहिँ मेरो अवस्था गम्भीर रहेछ भनेर डर लाग्यो। 

अरविन्द सिंह हेलिकप्टरमा वीरगञ्जबाट थप उपचारका लागि काठमाडौं आउने तयारीमा ।
२० साउनमा हेलिकप्टरले काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्‍यायो। त्यहाँ बेड नभएपछि पाटन अस्पतालमा लगियो। तर, त्यो कोभिड अस्पताल भएकाले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट भएकालाई भर्ना गरेन। मलाई अक्सिजन चाहिएकाले पाटनबाट नजिकैको मेडिसिटी लगेर आईसीयूमा राखिएछ। मेरो पीसीआर परीक्षण पनि गरे। तर, रिपोर्ट के आयो भनेनन्। अर्को ठाउँमा सिफ्ट गर्दैछौं मात्र भनेर पठाए। करीब ३० घण्टा मेडिसिटीको बसाइपछि २१ साउनको मध्यरातमा पाटन अस्पताल लगियो। त्यहाँ पुर्‍याएपछि पो कोरोना पोजिटिभ आएछ भन्ने थाहा भयो।

आईसीयूको पीडादायी बसाइ

निको भएर घर फर्केपछि खुशियालीमा केक काटेर श्रीमती, छोरी र आफन्तसँग रमाउँदै अरविन्द । काखमा छोरी ।
 

पाटन कोभिड अस्पतालको आईसीयू कक्षमा बेड नम्बर २ मा मलाई राखियो।  १४/१५ दिनको आईसीयू बसाइ पीडादायीसँगै डरलाग्दो भयो। अस्पताल जाने बित्तिकै नजिकैको बेडमा रातभर शव राखेको अवस्थामा बस्नुपर्‍यो। आईसीयूमा डाइलसिस गर्ने बिरामीहरूको चिच्याहटसँगै साढे चार वर्षे छोरीको यादले मन भत्भती पोल्थ्यो। सधैं अक्सिजन लगाइरहनुपर्ने तर कोभिडकै कारण आफन्त र चिनेजानेका कसैलाई छेउमा देख्न समेत नपाउनुको पीडा यसरी बस्ने बाहेकले कल्पनै गर्न सक्दैन। 

म गएकै भोलिपल्ट मेरो छेउकै बेडमा रहेका एकजना मरे। रातभरि उसको शव त्यहीं राखियो। राति सेनाले शव लैजाँदो रहेनछ। पर्दाले मात्र बारेको बेडमा शव रहेको अवस्थामा रातभरि निदाउन सकिनँ।

मलाई पनि धेरै गाह्रो भइरहेको थियो। अर्धचेत र शिथिल अवस्थामा पुगिसकेकाले निराशा बढिरहेको थियो। अस्पतालको बाहिर भाइ (अखिलेश) थियो। उसलाई ‘म अब मर्छु होला, भाउजू, सानी छोरी र परिवारको हेरविचार राम्रोसँग गर्नू’ भनें। भाइ जहिले पनि अस्पतालको गेटमा हुन्थ्यो। सुत्ने बेला मात्र राति बागबजारको होटलमा जान्थ्यो।

भोलिपल्टदेखि भने मलाई अलि सहज जस्तो भयो। ३/४ दिन जतिपछि मोबाइल अलिअलि चलाउन सक्ने भएँ। सामाजिक सञ्जाल हेर्दा नसोचेको खबर देखेँ, विजय (राजकर्णिकार) दाइको निधन भएर श्रद्धाञ्जली दिइएको रहेछ। एकदम नजिकको विजय दाइ कोरोनाकै कारण गम्भीर बिरामी परेपछि एम्बुलेन्समा हालेर मैले नै काठमाडौं पठाएको थिएँ। पाटन अस्पतालमै भर्ना हुनुभएको थियो। आफैं बिरामी भएकाले उहाँको अवस्था बुझ्न पाएको थिइनँ। निको भएर घर गइसक्नुभयो भन्ने लागेको थियो।

उहाँको नाम लेखिएको फाइल र ट्वाइलेट चियर मेरो बेडकै छेउमा थियो। उहाँको मृत्यु भएकै बेडमा पो रहेछु म। कोभिड बिरामीको ‘हेल्थ फाइल’ घरमा नपठाएको होला भन्ने सोचिरहेको थिएँ। 

अस्पताल जाने बित्तिकै नजिकैको बेडमा रातभर शव राखेको अवस्थामा बस्नुपर्‍यो। आईसीयूमा डाइलसिस गर्ने बिरामीहरुको चिच्याहटसँगै साढे चार वर्षे छोरीको यादले मन भत्भती पोल्थ्यो। सधैं अक्सिजन लगाइरहनुपर्ने तर कोेभिडकै कारण आफन्त र चिनेजानेका कसैलाई छेउमा देख्न समेत नपाउनुको पीडा यसरी बस्ने बाहेकले कल्पनै गर्न सक्दैन। 
त्यो फाइल र ट्वाइलेट चियरमा लेखिएको नामले झन् तनाव हुन थाल्यो। नर्सहरुलाई कारण बताउँदै ती सामग्री हटाइदिन आग्रह गरें। तर, ‘अस्पतालको बेडमा मान्छे मरिहाल्छ नि’ भनेर जवाफ दिए, हटाएनन्। अर्को दिन डाक्टर राउण्डमा आएको बेला आग्रह गरेपछि बल्ल हटाइयो। भयो। तर दाइसँगको हरेक क्षणहरुको यादले भने निकै दिन सतायो।

संयोगले विजय दाइकै बेडमा भर्ना हुन पुगेको घटना मेरो लागि भने चिन्तासँगै डरको विषय बन्यो। दाइलाई पनि यसअघि कुनै स्वास्थ्य समस्या थिएन। कोभिडले दीर्घ रोगी र बूढाबूढीलाई बढी असर गर्छ भन्थे, तर युवा र स्वस्थलाई पनि मार्दोरहेछ, अब मेरो पनि दिन यत्ति नै रहेछ भन्ने लागिरह्यो। 

छोरीलाई सम्झिएर झन् पीर लाग्न थाल्यो। मेरो चिन्ता नै छोरीको भविष्यप्रति थियो। हामी सामान्य परिवारको मान्छे, श्रीमतीले बच्चा हुर्काउनै जागिर छोडेर बसेकी छिन्। उनले छोरीलाई कसरी हुर्काउलिन्, पढाउलिन् भन्ने लाग्यो। मनमा यिनै तर्कना खेलेर रातभरि निदाउन सक्दिनथें।

अर्को घटना देखेका कारण पनि राति ननिदाउने हरसम्भव कोसिस गर्थें। आईसीयूका बिरामीहरुलाई लगाइने अक्सिजनको सबै स्क्रीन स्वास्थ्यकर्मीहरु बस्ने स्टेशनमा फर्काइएको हुन्छ। तर, केही नफर्किएका पनि हुँदारहेछन्। मैले देख्दादेख्दै राति नजिकैको एउटा बेडका बिरामी निदाएको बेला अक्सिजन मास्क झर्‍यो। मैले नर्सहरूलाई भनिदिएँ। उनीहरू आएर लगाइदिए, तर ती व्यक्ति मास्क लगाउँदा लगाउँदै बिते। हुन त उनलाई अरु थप समस्या पनि थियो होला। तर त्यस्तो देखेपछि राति निदायो भने त मास्क हट्ने रहेछ भनेर सकेसम्म ननिदाउने प्रयास गरेँ। 

भेन्टिलेटरको ठूलो आवाजले पनि सुत्नै नसकिने हुन्थ्यो। त्यस्तै, मिर्गौला रोगी कोरोनाका बिरामीहरुलाई आईसीयूू बेडमै डायलसिस गरिन्थ्यो। डाइलसिसको क्रममा पीडाले झण्डै ३/४ घण्टा उनीहरु कराउँथे। 

१५/१६  दिन आईसीयूमा बस्दा दोहोरिरहने पीडादायी क्षण चाहिँ दैनिक एक–दुई जना मर्ने, र शव तत्काल नउठाइने। साँझतिर मान्छे मरे पनि रातभरि शव त्यहीँ हुन्थ्यो। त्यो देख्दा छेउका बिरामीलाई झन् डर लाग्नु स्वाभाविकै हो। त्यसैले मान्छे मरेपछि शव तत्कालै निकाल्ने व्यवस्था गर्नुपर्छ भन्न चाहन्छु।

शून्य मनोपरामर्श

अस्पतालमा कोभिडका बिरामीलाई सबैभन्दा आवश्यक पर्ने काउन्सिलिङ (मनोपरामर्श) हो। तर, त्यो शून्य छ। पाटन अस्पतालमा डाक्टर र नर्सले दिने सेवा राम्रो भए पनि मनोपरामर्श पनि भए बिरामीलाई थप ऊर्जा थप्न सकिन्थ्यो। थोरै समय दिएर ‘तिम्रो अवस्थामा सुधार आइरहेको छ, तिमी जस्ता धेरै बिरामी छन्, तिमीलाई हेर्ने हामी छौं चिन्ता नगर’ जस्ता कुरा भन्दिने हो भने मनोबल बढ्थ्यो। यसैले अस्पतालहरुले काउन्सिलिङको व्यवस्था गर्नेतर्फ ध्यान दिनुपर्‍यो।

अस्पतालमा मनोपरामर्शको व्यवस्था पनि भए बिरामीलाई थप ऊर्जा थप्न सकिन्थ्यो। थोरै समय दिएर ‘तिम्रो अवस्थामा सुधार आइरहेको छ, तिमी जस्ता धेरै बिरामी छन्, तिमीलाई हेर्ने हामी छौं चिन्ता नगर’ जस्ता कुरा भन्दिने हो भने मनोबल बढ्थ्यो।  यसैले अस्पतालहरुले काउन्सिलिङको व्यवस्था गर्नेतर्फ ध्यान दिनुपर्‍यो।
मैले कोभिडबाट पार पाउन प्रतिबन्धित औषधि पनि लिएँ। कोरोनाका बिरामीलाई लाभदायक हुने रेमडीसीभीर औषधि त्यतिबेला नेपालमा प्रतिबन्धित थियो। तर, मलाई भने विदेशमा रहेका साथीहरुले त्यो औषधि पठाइदिएछन्। एक डोजको रु. ५० हजार पर्ने औषधिको पाँच डोज नवनित अग्रवालले किन्दिए र काठमाडौंमा निषेधाज्ञा भएको बेला सुदीप लामाले मोटरसाइकलमा ल्याइदिए। 

त्यो औषधि पाएपछि डाक्टरहरूलाई भनेँ। प्रतिबन्धित औषधि नचलाउने भन्न पनि सक्थे, तर मलाई औषधि चलाएर ठूलो सहयोग गरे। पहिले पाँच डोज र पछि दुई डोज थपेको औषधिले पनि मलाई बचाउन सहयोग पुग्यो होला। पाँच वटाले पुग्दैन भनेर थप दुईवटा संविधानसभा सदस्य विचारी यादवले व्यवस्थापन गरिदिनुभएछ।

जनरल वार्डमा सरेपछि पनि उस्तै तनाव

 

कोभिड नेगेटिभ हुँदाको खर्च आफैंले बेहोर्नुपर्छ। खर्चको सबै हिसाब त गरेको छैन, तर १०/११ लाख त नाघ्यो होला। मेडिसिटीमा ३० घण्टा बसेको नै करीब डेढ लाख रुपैयाँ तिरेको बिल रहेछ। मलाई सबैले सहयोग गर्नुभयो र यति उपचार पाउन सकें। अन्यथा यस्तो उपचार सुविधा सबैले पाउँछन् भन्ने लाग्दैन। 

सहयोग गर्ने ती सबैलाई यो नयाँ जीवनका लागि धेरै आभार !

प्रस्तुतिः लक्ष्मी बस्नेत
साभारः हिमाल खवर डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

माओवादी आन्दोलनका पेरुभियाली कमाण्डर क.गोन्जालोको निधन

 पेरूको कम्युनिष्ट पार्टी साइनीङ पाथका प्रमुख नेता पेरुको जनवादी क्रान्तिका कमाण्डर अबिमाइल गुज्मान गोन्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ ।

कश्मीरमा अवस्था सामान्य छ भन्ने सरकारी दावी झूठो रहेको पीडीपी अध्यक्ष  मुफ्तीको भनाई

पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) की अध्यक्ष महबूबा मुफ्तीले मंगलवार आफूले नजरबन्दमा राखिएको बताएकी छिन ।

बिदेशमा समाजको एकता, सदभाव र सहयोगको परम्परा बिकासकालागि गजुरेलको उम्मेदवारी मतदानकालागि सबैमा अपिल

गैरआवासीय नेपाली संघ, स्पेनको यहि जुलाई २६ तारिकमा आगामी कार्यकालको लागि हुने निर्वाचनमा युरोपका चर्चित पत्रकार दिपेन्द्र गजुरेलले युवा संयोजकमा आफ्नो उम्मेदवारी दिनु भएको छ  ।

अदालतको अपमान गरेका कारण दक्षीण अफ्रिकाका पूर्व राष्ट्रपती जुमालाई १५ महिनाको जेल सजाय

दक्षीण अफ्रिकामा पूर्व राष्ट्रपती ज्याकोब जुमा जेल जाने भएका छन ।  त्यहाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपती जुमालाई १५ महीनाको जेल सजाय सुनाएको छ ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

कुस्ती खेल मधेसको पहिचानः महनगर प्रमुख सरावगी

कुश्ती खेल मधेस र मधेसीको पहिचान भएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमारले बताएका छन  ।

वीरगन्जमा नेपाल राष्ट्रिय बंगाली समाज गठन

वीरगन्जमा बसोवास गर्ने बंगालीभाषी नेपालीहरुको एउटा भेलाबाट यहाँ नेपाल राष्ट्रिय बंगाली समाज गठन भएको छ ।

खेलकुद

ठोरीमा जारी फूटवलमा भुमिशक्ती युवा क्लब र अमृत युवा क्लब ठोरी  बिजयी

हिन्दुहरुको महान पर्व बिजयादशमीको अवसरमा ठोरी २ को व्यारेक खेल मैदानमा जारी दशैं कप २०७८ को पहिलो खेलमा निर्मलसमाज क्लब ठोरी १ रोजीनगर बिजयी भएको छ । 

वडा दशैको अवसरमा बिजयबस्तीमा फूटवल प्रतियोगिता पहिलो बिजेताले दूई लाख पाउने

       बडादशैं २०७८ को अवसरमा ठोरी गाउँपालिका ४ बिजयबस्तीमा  समाजसेवी स्वर्गीय राम बहादुर श्रेष्ठ गोल्डकप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । 
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.