logo

उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड ‘द स्कुल वाल’ लाई

 इसीमाना सम्बाददाता     २०८१ फागुन १३ गते ०६: ५६ मा प्रकाशित     546   पटक पढिएको

काठमाडौं । ‘द स्कुल वाल’ ले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा ‘बेष्ट नेशनल स्टुडेण्ट फिल्म अवार्ड’ प्राप्त गरेको छ ।

 

 बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘द स्कुल वाल’ यसअघि छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार, ग्लोबल एक्सिलेन्स अवार्डमा बेष्ट सर्ट फिल्म अवार्ड र रसियाको किनो चलचित्र महोत्सवको फाईनलमा पनि विजेता बनेको थियो ।

 

 ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको यस लघुचलचित्रको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका हुन् ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा।लि।को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा भएको यो चलचित्र यो महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र सहभागी थिए ।

 

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्य एवम् श्रीलँकाको लागि नेपाली राजदूत डा. पूर्ण नेपाली, राष्ट्रिय सभाका सदस्यद्वय जगप्रसाद शर्मा, सिता बौडेल, अन्तर्राष्ट्रिय पत्रकार महासंघका अध्यक्ष रामप्रसाद खनाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष कृष्ण मल्ल, रवीन्द्र खड्का, जिटिजेडका प्रोग्राम म्यानेजर डा।

 

बर्नड अल्पट तथा विभिन्न चलचित्रकर्मीको विशेष आतिथ्यमा सम्पन्न महोत्सवको समापन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र अफ्रिकन समूहका चलचित्रहरूलाई ३१ विधामा अवार्ड प्रदान गरिएको थियो । महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रको सभापतित्वमा महोत्सव समापन समारोह सम्पन्न भएको थियो ।

‘द स्कुल वाल’ नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेस्टिभल, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो, इटालीको वर्क एण्ड इन्टरप्राइजेज फिल्म फेस्टिभल अवार्ड, इजिप्टको पोर्ट सेड फिल्म फेस्टिभल, ब्राजिलको फेस्टिभल द सिनेमा स्टुडेन्टि द ग्युबा, अमेरिकाको स्मलरिग्स अवार्ड र बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्स र फस्ट टाईम फिल्म मेकर सेसन्समा छनोट भएको थियो ।

 

 नेपालको इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभल, थाहा चलचित्र महोत्सव, नेपाल इन्टरनेशनल फिल्म फेस्टिभलमा समेत छनोट भएको छ ।

‘द स्कुल वाल’ मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघुचलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएकोे छ ।

 

 काठमाडौंमा छायांकन गरिएको लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन् । लघुचलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिल कुमार महर्जन र सहायक निर्देशन करन साउदको रहेको छ ।

 

लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीता श्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोईराला, उद्धव दंगाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

 थुप्रै लघुचलचित्र तथा नाटकहरु निर्माण गरिसकेका निर्माता सुरेन्द्र क्षेत्री पछिल्लो समय नयाँ चलचित्र निर्माणको तयारीमा रहेका छन् । अन्य थुप्रै कामहरु ग्रियो, अब नयाँ चलचित्रको चाँडै घोषणा हुने र नयाँ वर्षबाटै फ्लोरमा जाने उनी बताउँछन् ।

केहि समयअघि रसियन हाउसमा आयोजित १६ औं राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शनीमा ‘द स्कुल वाल’ को विशेष प्रदर्शन गरिएको थियो ।

 

विभिन्न विद्यालयहरुमा समेत प्रदर्शन भईरहेको ‘द स्कुल वाल’ को बजार व्यवस्थापक रुपमा लर्निङ मिडिया एण्ड इभेण्ट प्रा.लि.ले गरिरहेको छ । यस फिल्मलाई विद्यालयहरुमा प्रदर्शन गर्दा विद्यालय, शिक्षक तथा विद्यार्थीहरुले सकरात्मक प्रतिक्रिया दिएको र धेरै विद्यालयहरुबाट प्रदर्शनको लागि माग भएको बजार व्यवस्थापक कपिलराज लामिछाने बताउँछन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.