सरल मिजास,सदैव हसिलो मुहार,अहं छैन आडम्बर पनि छैन । ठुलो बन्नु पनि परेको छैन । आम जनतासंग सजिलै र सरल हिसावले घुलमिल हुनसक्ने । आँटेको काम फत्ते गर्ने । रिस छैन राग छैन । सकारात्मक सोच राख्ने । अनुशासन र काम प्रतिको प्रतिवद्धतामा सम्झौता नगर्ने । कुशल ब्यवस्थापकीय क्षमताको प्रर्दशन गरि भ्याएका । समृद्ध र समुन्नत बीरगंजको सपना साकार पार्ने सोच बोकेका एक जना ब्यक्ति अहिले अहोरात्र जनताको वीचमा पुगिरहेको छ । राजनीतिक सत्ता आफनो लागि होइन आफनो समाज र समाजका ब्यक्तिहरुको खुशहालीकोलागि चाहिएको छ । बैभवशाली बीरगंज निर्माणको सपनालाई साकार पार्न लागि पर्ने त्यो ब्यक्ति हो बसरुदिन अन्सारी ।
नेकपा एमालेको तर्फबाट मुलुकको आर्थिक राजधानीको उपमा पाएको बीरगंज महानगरको मेयरका उम्मेदवार । उनै अन्सारीसंग चुनावी सेरोफेरोमा गरिएको कुराकानीको सम्पादित अंश - सम्पादक
तपाईको प्रतिक्रिया