logo

मन र मत समेत लिनेछु: शम्भु गुप्ता प्रदेश सभा उम्मेदवार

      11/8/2017 गते 00 00 मा प्रकाशित     2339   पटक पढिएको


बीरगंज महानगरपालिकाको हुदा खादाको बरिष्ठ अधिकृतको जागिरबाट राजीनामा दिएर राजनीतिक दंगलममा उत्रिका शम्भू गुप्ता त्यतिवेला बिलखबन्दमा परे जतिवेला उनको टिकट अरुले नै पायो । कर्मचारी हुदा पनि एमालेको  संगठीत सदस्य रहेका गुप्तालाई अन्तत आफनै घर प्यारो लाग्यो उनी एमालेमै फर्किए । उम्मेदवारी दर्ताको एक दिन अघि सम्म उनी संघीय समाजवादी फोरमबाट उम्मेदवार बन्दै थिए । तर अन्तिममा उनले टिकट पाएनन । आफनै पार्टीका सदस्य एमालेले कारवाही गरेर सदस्यता पनि खारेज गर्न पाएको थिएन ।

गुप्ताले टिकटै पाए । त्यसैले गुप्ताले सगौरब भन्छन “काठमाण्डौ जान टाटासुमोको टिकट किनेको थिए भाग्य बलियो रहेछ प्लेनकै टिकट पो पाए ” ।

बीरगंज महानगरको  वडा नं १२ का स्थायी बासिन्दा गुप्ताले  त्रिभूूवन बिश्वबिद्यालयबाट समाजशास्त्रमा स्नातोकोत्तर र कानूनमा स्नातक सम्मको शिक्षा हासिल गरेका छन । पाएको जिम्मेवारी उपलब्धीमुलक रुपमा फत्ते गर्ने गुप्ताको बानी छ । उनी क्रियाशिलतामा मात्र बिश्वास गर्दैनन परिणाम प्राप्ती उनको अभिष्ठ हुन्छ र त्यो पाउनै पर्छ त्यसमा सम्झौता गर्दैनन ।

त्यसैले उनले आफनो कुनै पनि पेशा ब्यवसायमा पछाडि फर्किनु परेको छैन । उनी होसल्याङे पारामा हैन योजना बनाएर काम गर्न रुचाउछन । आफनो बीरगंजलाई राम्रो बनाउने हुटहुटीले उनलाई राजनीतिमा तान्यो भावी पुस्ताले आफूहरुलाई गाली नगरुन त्यसको लागि आउने पुस्तालाई सहि, समृद्ध र आधुनिक बीरगंज हस्तान्तरण गर्ने अभिलाषा छ । त्यही अभिलाषा पुरा गर्न उनी राजनीति खेलमैदानमा खेलाडीको रुपमा उत्रेका छन ।

गुणका आधारमा खेल जित्ने बानी परेका उनै गुप्ताले यो राजनीतिक खेलमा पनि बाजी मार्ने  दावी गरेका छन । जनताको हिताका निम्ति खेल खेल्छु भन्ने गुप्तासंग इसीमाना डटकमले गरेको कुराकानीको सम्पादित अंश - सम्पादक

 

  • हुदा खादाको जागिर छोडेर राजनीतिमा किन आउनु भयो ?

    ठिक भन्नु भयो । मेरो ७ वर्षको अवधी अझै थियो । आर्थिक उपार्जनको स्वार्थ मैले राखेको भए जागिर छोड्ने थिइन । तर त्यस्तो स्वार्थ म मा छैन । मेरो स्वार्थ त बीरगंजको निर्माण, पर्साको निर्माण पर्साको पहिचानको संरक्षण र सम्र्बद्धन हो त्यस कारण मैले राजीनामा दिए ।

    राष्ट्रीय अर्थतन्त्रतमा पर्साको योगदान अनुसारको बिकासमा साझेदारीको हक लिनु पर्छ भन्ने मेरो स्वार्थ हो । त्यो स्वार्थ पुरा गर्न सबै नीतिको माउ नीति राजनीति हो । राजनीतिले नीति तय गर्ने भएकोले नीतिगत रुपमै यो बिषलाई समावेश नगरि सफलता पनि पाइदैन ।

    त्यही सफलता पाउनकालागि जागिर छोडेको मलाई लाग्छ ठिक समयमा मैले यो निर्णय लिएको छु ।
     
  • जागिर छाडेर फोरम प्रवेश गर्नु शर्त सहितको प्रवेश थियो टिकट पाउनु भएन ?

    हो त्यसलाई शर्त भन्दा पनि समझदारी भनौ । पार्टीका जिम्मेवार मान्छेहरुले तपाईको आवश्यकता छ आउनुहोस भनेको हुनाले मैले राजीनामा दिए । मैले यावत तयारी पनि गरे । तर टिकट नदिएर अपमान गर्ने काम भयो ।

    राजनीतिमा बेइमानी गर्न जानेकाहरुले म संग पनि बेइमानी गरे त्यसलाई मैले यसरी मात्र बुझे त्यो बिषयमा बढी टिप्पणी जरुरी छैन ।
     
  • अन्तिममा टिकट पाउनकै लागि एमाले प्रवेश गर्नु भयो हैन त  ?

    जुन उद्धेश्यले जागिर छोडेको थिए त्यो प्राप्त गर्न सक्ने आधार, माध्यमलाई समाप्त पार्ने काम भयो । तर मेरो भाग्य ठिक थियो मुलुकको सबै भन्दा ठुलो पार्टी नेकपा एमालेले मलाई टिकट दियो । टाटा सुमोको टिकट लिएर काठमाण्डौ जान खोज्दै थिए सुमो पञ्चर भयो यता प्लेनको टिकट नै पाए । काहा २ नम्बर प्रदेशमा सिमित दल काहा राष्ट्रीय पार्टी ।

    नेकपा एमालेको माध्यमबाटै बीरगंजको पहिचान स्थापित गरिने छ । प्रदेशको नामाकरण राजधानीको बिषयमा पर्साको हितलाई ध्यानमा राखेर काम गरिन्छ । यस कारण टिकट पाउनु त एउटा कुरा तर मुल कुरा यस क्षेत्रको पहिचान स्थापित गर्ने मुद्धा प्रमुख हो । यो उद्धेश्य पुरा गर्न नेकपा एमालेले मलाई बिश्वास गरेर टिकट दियो । यो मेरोलागि सौभाग्य नै हो ।
     
  • त्यही त आखिरमा मधेश बिरोधी एमालेले नै तपाई त्यो अवसर दियो नी होइन ?

    हो नेकपा एमालेले मलाई यो अवसर दिएको छ । यसको लागि पार्टी प्रति म आभारी पनि छु । जहासम्म एमाले मधेश बिरोधी छ भन्ने कुरा तपाईले प्रश्नमा साकेंतीक रुपमा उठाएर मलाई ब्यङ्गय गर्न खोज्नु भएको छ । त्यसमा दम छैन ।

    हो म फोरम नेपालमा प्रवेश गरे तर मैले मेरो कुनै मौखिक भनाई वा लिखित भनाईमा एमालेलाई मधेश बिरोधी भनेर लांक्षीत गरेको छैन । आरोप लगाएको छैन ।
     
  • तपाईको हवाला दिएर संचार माध्यममा त आयो नी एमाले मधेश बिरोधी हो भनेर ?

    कुनै संचार माध्यमले शम्भु गुप्ता फोरम प्रवेश गरिहाले अव फोरम तिर जाने मान्छेले एमालेलाई नै हो बिरोध गर्ने भन्ठानेर त्यसरी अनुमान लगाएर म प्रति माया गरेरै त्यसरी लेख्नु भएको होला । मैले त्यस्तो भनेको छैन ।
     
  • के लाभ लिनकालागि राजनीतिमा आउनु भयो अलि खुलेरै भन्नु न ?

    मैले अघि पनि भनिसके लाभ र स्वार्थ हेरेको भए बीरगंज महानगरको बरिष्ठ अधिकृतको रुपमा राजस्व महाशाखा प्रमुखको जागिर छोडेर आउने थिइन । म त बिशुद्ध रुपमा राजनीतिको माध्यमले समाजसेवा गर्न आएको हु । नीति निर्माणको तहबाट पनि समाजको बिकास सम्भव छ । र त्यो दीगो र प्रभावकारी हुन्छ । आजको आवश्यकता यो हो भन्ने मेरो बुझाई हो ।

    त्यो किन पनि हो भने राजनीति नै सबै नीतिको मुल नीति हो । प्रदेश सभा बिधायनी अंग हो त्याहा कानून निर्माण हुन्छ । कानून मै यो कुरा सुनिश्चत गरियो भने भोली समस्या आउदैन । लगानी मैत्री वतावरण बनाउन पनि अनुकुल कानून चाहिन्छ । पर्यटकहरुको लागि गन्तब्य केन्द्र निर्माणमा पनि कानूनन चाहिन्छ ।

    हरेक कुरामा कानून निर्माण हुने भएकोले नीति निर्माणको तहबाट राम्रो गर्नु पर्छ म त्यो गर्नका लागि मेरो प्रदेशका मतदाताको वीचमा आदेश लिन आएको छु ।
     
  • त्यसो भए तपाईको जित्ने आधार के हो त ?

    मैले महानगरमा काम गर्दा कुनै बेइमानी गरेको छैन । गलत काम ग¥यो भन्ने आरोप लागेर दण्डीत भएको छैन । पाएको जिम्मेवारी सदैव पुरा गरेको छु । नेकपा एमाले जस्तो बिचारले प्रष्ट राष्ट्रीय पार्टीले बिश्वास गरेर टिकट दिएको छ । प्रदेश सभामा प्रदेशको के नाम राख्ने ? बीरगंजलाई राजधानी बनाउने ।

    बीरगंजको समग्र बिकास,रोजगारीको सृजना ,सामाजिक न्यायमा आधारित बितरण प्रणालीलाई स्थापित गर्न नारायणी उपक्षेत्रीय अस्पताललाई शिक्षण अस्पतालको रुपमा स्तरोन्नती गर्ने ,बीरगंजमा बिश्व बिद्यालयलाई स्थापना गर्ने ,निजगढमा रहेको अन्तराष्ट्रीय बिमानस्थललाई द्रुत निर्माणमा लैजान पहल गर्ने ,निगढ काठमाण्डौ फास्ट ट्रयाक निर्माण कार्यलाई प्रथामिकता दिलाउने ,बीरगंजमा चक्रपथ निर्माणकालागि गुरु योजना बनाउने ,पर्यटकीय स्थलको निर्माण गर्ने ।

    पूर्वाधारको बिकास आधुनीक शहरको निर्माणमा योगदान पु¥याउने एजेण्डा छ । आथर््िक समृद्धि र आर्थिक बिकासको एजेण्डाका कारण मेरो जीत निश्चित छ ।
     
  • मतदाताले तपाईको समाजिक क्षेत्रको योगदान पनि खोज्लान नि ?

    मैले कर्मचारी भएर पनि सामाजिक क्षेत्रमा आफनो योगदान पु¥याउ कुनै कसर बाँकी राखेको छैन । त्यही योगदानका कारण मलाई सामाजिक सेवकालागि राजनीतिमा जानु पर्ने ज्ञान पनि प्राप्त भएको हो । निर्णायक ठाउ भन्दा बारिह रहेर मैले सामाजिक क्षेत्रमा योगदान गरे । तर त्यो भन्दा बढी गर्न पनि जरुरी पनि छ । त्यो पुरा गर्न राजनीतिमका माध्यमले निर्णायक ठाउमा पुग्न आवश्यक छ ।

    त्यसैकोलागि मेरो राजनीतिक यात्रा शुरु भएको हो । मैले सन् २००३ मा एनजिओ फेडेरेसन् पर्साको अध्यक्ष ,२००४ मा वीरगन्ज जेसीसको अध्यक्ष , सन् २००५ मा नेपाल जेसीसको राष्ट्रिय उपाध्यक्ष ,सन् २०१६ मा लायन्स क्लब अफ वीरगन्ज युनाइट प्लास्टको अध्यक्ष समेत रहेर सामाजिक कार्यमा सरिक हुदै आए ।

    दूई कार्यकाल सम्म सुरजी देवी माध्यामिक विद्यालय मुर्ली बीरगंज १२ को व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध निर्वाचित भएर काम गरे निम्न माध्याकि बिद्यालयलाई माध्याकि बिद्यालयमा स्तरोन्नती गराए । 

    बिद्यालयको भौतीक संरचना निर्माण गरियो शिक्षकहरुको ब्यवस्था गरियो । यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साको प्रमुख सल्लाहकारको रुपमा पनि म क्रियाशिल छु ।स्थानीय निकाय कर्मचारी संघको केन्द्रीय सदस्य भएर काम गरे ।  यो सबै गरेपछिको निष्कर्ष हो अव अरु थप सेवा गर्न नीति निर्माणको ठाउमा पुग्नै पर्छ । त्यस भएकोले हुदाखादाको जागिर त्यागेर जनताको वीचमा आएको छु ।

    जनताले मेरो यो सन्दर्भलाई बुझने छन, मन र मत समेत दिनेछन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.