logo

रक्सौल रेल्वे क्रसिङ्गमा मोटरसाइकल र पैदल यात्रीको लागि ओभरब्रिज बन्ने 

 इसीमाना सम्वाददाता     २०७८ सावन ४ गते ०७: २२ मा प्रकाशित     1132   पटक पढिएको

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरु र रक्सौल रेल्वे स्टेशनका अधिकारीहरु बीच सङ्घकै सभाहलमा भेटघाट तथा छलफल भएको छ । 


सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले स्वागत मन्तव्यको क्रममा रक्सौल रेल्वे स्टेशनलाई भौतिक पूर्वाधार सहितको स्टेशनको अपग्रेड गर्नुपर्ने, रेल्वे स्टेशनभित्र व्यवस्थित पार्किङ्ग, क्यान्टिनको व्यवस्था हुनुपर्ने, रक्सौल रेल्वे क्रसिङ्गमा ओभरब्रिजको चाँडै निर्माण हुनुपर्ने लगायतका विषयमा स्टेशनका अधिकारीहरुलाई सुझाव दिनुभयो । 


रक्सौल रेल्वे स्टेशनका स्टेशन मास्टर अनिलकुमार सिंहले रक्सौल रेल्वे क्रसिङ्गमा मोटरसाइकल र पैदल यात्रीको लागि ओभरब्रिजको प्रक्रिया अगाडि बढिसकेको र चाँडै निर्माण हुने बताउनुहुँदै ठूला सवारीसाधनहरुको लागि आफ्ना माथिल्लो निकायमा पहल गरिने बताउनुभयो ।

उहाँले रक्सौल रेल्वे स्टेशनमा सुलभ तरिकाले टिकटको व्यवस्थाको लागि अटोमेटिक टिकेटिङ्ग मेशिन राख्न लागिएको पनि बताउनुभयो । त्यस्तै स्टेशनभित्रको भौतिक पूर्वाधारलाई सुधार गर्दै जाने, व्यवस्थित क्यान्टिन र पार्किङ्गको व्यवस्थाको लागि आपूmहरुले सक्दो प्रयास गर्ने आश्वासन दिनुभयो । 

 


कार्यक्रममा सङ्घका कोषाध्यक्ष गोविन्द शाहले रक्सौलदेखि दिल्ली, मुम्बई, कोलकाता जस्ता मुख्य शहरहरु जोड्ने सिधा रेल्वे नभएकोले नजिकको ठूलो स्टेशनबाट जानु पर्दा समय लाग्ने गरेकोले यस्ता शहरहरुमा सिधै रेल्वे सञ्चालनको लागि आवश्यक पहल गर्न अनुरोध गर्नुभयो । 

 


सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा रक्सौल रेल्वे स्टेशनका कमर्सियल हेड सञ्जय कुमार, सङ्घका उपाध्यक्ष माधव राजपाल, सह–सचिव अनोज रुँगटाले आ–आफ्नो जिज्ञासा राख्नु भएको थियो । कार्यक्रममा सङ्घका उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल उपाध्यक्ष हरि गौतम, महासचिव मनोजकुमार दास लगायतको उपस्थिति रहेको थियो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार आशु सर्राफलाई प्रदान

वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापित ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ।

शिकारीबास प्राथमिक विद्यालयको नवनिर्मित भवन अध्यक्ष श्रेष्ठद्वारा  उद्घाटन

ठोरी ।  ठोरी गाउँपालिका–३, शिकारीबासस्थित प्राथमिक विद्यालयको नवनिर्मित भवन आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.