logo

वीरगन्जमा पहिलो पटक नेपाली महिला उद्यमी सम्मेलन हुने,महिलाद्वारा उत्पादीत बस्तुको बजारीकरण गरिने

 इसीमाना सम्वाददाता     २०७८ असोज २० गते ०३: १७ मा प्रकाशित     995   पटक पढिएको

वीरगन्जमा पहिलो पटक नेपाली महिला उद्यमी सम्मेलन हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले लेडिज सर्कल नेपालसँगको सहकार्यमा यही कात्तिक ५ (सन् २०२१ अक्टोबर २२) तारिख शुक्रबारका दिन वीरगञ्जमा ‘नेपाली महिला उद्यमी सम्मेलन’ आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 


उद्यमशीलतामा नेपाली महिलाहरूको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलो पटक हुन गइरहेको सम्मेलनमा उद्यमशीलताका विविध क्षेत्रहरूमा सहभागी महिला उद्यमीहरूको मेहेनत, संघर्ष तथा सफलताका विषय प्रस्तुत गरिने आयोजकले जनाएको छ । व्यवसायमा स्थापित उद्यमी र स्टार्टअपबीच हुने सो एक दिने अन्तरक्रियात्मक कार्यक्रमबाट सहभागीहरूलाई ज्ञान, शिप, तथा क्षमता अभिवृद्धिमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको नेपाल युवा उद्यमी फोरम वीरगन्जका अध्यक्ष अनुप अग्रवालले जानकारी दिए  ।  


उद्यमशीलताको क्रममा महिलाले भोग्नु परेका समस्याहरूलाई उठान गर्ने र समाधानका उपायहरूमा गहन छलफल गर्नु पनि सम्मेलनको उद्देश्य हो । महिला उद्यमशीलता प्रवद्र्धनका चुनौतीहरूको समाधान पहिल्याउँदै सम्भावनाको खोजीका निम्ति सरोकारका पक्ष तथा निकायहरूमा रचनात्मक पहल कदमीका बारेमा सम्मेलन महत्वपूर्ण हुने आयोजको विश्वास छ । 


सम्मेलनमा १ सय भन्दा बढी महिला उद्यमीको सहभागितामा रहने छ । विभिन्न क्षेत्रमा व्यवासायमा सफल महिला उद्यमीहरूको सफलता र असफलतामा धैर्यताका अनुभवहरू आदानप्रदान गरिने छ । जुन व्यवासायमा नवप्रवेशीहरूका लागि प्रेरणाको स्रोत बन्न सक्ने नेपाली महिला उद्यमी सम्मेलनकी संयोजक मनिषा सुनुवार श्रेष्ठले जानकारी दिइन  । 


सम्मेलनमा सफल उद्यमी र स्टार्टअपहरुबीचको अनुभव साटासाटले व्यवसायको क्रममा आउने समस्यालाई अवसरको रुपमा रुपान्तरण गर्ने दक्षता विकासका सहयोग पुग्ने विश्वास लेडिज सर्कल नेपालका अध्यक्ष रश्मी दासको छ । जनसंख्यामा आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाको सशक्तीकरण नभई आर्थिक र सामाजिक विकासको रुपान्तरण सम्भव नहुने निष्कर्षका साथ महिलाहरुलाई उद्यम व्यावसायमा अगाडि बढाउनका लागि सम्मेलनको आयोजना गर्न लागिएको दासको भनाई छ ।

 

कार्यक्रममा  महिला उद्यमीहरुले बनाएका  बस्तुको प्रचार प्रसारकालागि निशुल्क रुपमा १० वटा प्रर्दनी स्टलको ब्यवस्था गरिएको छ । पर्सा जिल्लाको ग्रामीण भेगमा रहेका वा बजारका महिलाहरुले घरमा उत्पादन गरेको बस्तुको बजारीकरणकोलागि फाइदा हुने गरि स्टलको ब्यवस्था गरिएको दासले बताइन । स्टल निशुल्क  रुपमा उपलब्ध गराइने आयोजकले जनाएका छन । 


अध्यक्ष अनुप अग्रवालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अंकिता कर्णले गर्नुभएको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.