logo

वीरगन्जमा पहिलो पटक नेपाली महिला उद्यमी सम्मेलन हुने,महिलाद्वारा उत्पादीत बस्तुको बजारीकरण गरिने

 इसीमाना सम्वाददाता     २०७८ असोज २० गते ०३: १७ मा प्रकाशित     1068   पटक पढिएको

वीरगन्जमा पहिलो पटक नेपाली महिला उद्यमी सम्मेलन हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले लेडिज सर्कल नेपालसँगको सहकार्यमा यही कात्तिक ५ (सन् २०२१ अक्टोबर २२) तारिख शुक्रबारका दिन वीरगञ्जमा ‘नेपाली महिला उद्यमी सम्मेलन’ आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 


उद्यमशीलतामा नेपाली महिलाहरूको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलो पटक हुन गइरहेको सम्मेलनमा उद्यमशीलताका विविध क्षेत्रहरूमा सहभागी महिला उद्यमीहरूको मेहेनत, संघर्ष तथा सफलताका विषय प्रस्तुत गरिने आयोजकले जनाएको छ । व्यवसायमा स्थापित उद्यमी र स्टार्टअपबीच हुने सो एक दिने अन्तरक्रियात्मक कार्यक्रमबाट सहभागीहरूलाई ज्ञान, शिप, तथा क्षमता अभिवृद्धिमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको नेपाल युवा उद्यमी फोरम वीरगन्जका अध्यक्ष अनुप अग्रवालले जानकारी दिए  ।  


उद्यमशीलताको क्रममा महिलाले भोग्नु परेका समस्याहरूलाई उठान गर्ने र समाधानका उपायहरूमा गहन छलफल गर्नु पनि सम्मेलनको उद्देश्य हो । महिला उद्यमशीलता प्रवद्र्धनका चुनौतीहरूको समाधान पहिल्याउँदै सम्भावनाको खोजीका निम्ति सरोकारका पक्ष तथा निकायहरूमा रचनात्मक पहल कदमीका बारेमा सम्मेलन महत्वपूर्ण हुने आयोजको विश्वास छ । 


सम्मेलनमा १ सय भन्दा बढी महिला उद्यमीको सहभागितामा रहने छ । विभिन्न क्षेत्रमा व्यवासायमा सफल महिला उद्यमीहरूको सफलता र असफलतामा धैर्यताका अनुभवहरू आदानप्रदान गरिने छ । जुन व्यवासायमा नवप्रवेशीहरूका लागि प्रेरणाको स्रोत बन्न सक्ने नेपाली महिला उद्यमी सम्मेलनकी संयोजक मनिषा सुनुवार श्रेष्ठले जानकारी दिइन  । 


सम्मेलनमा सफल उद्यमी र स्टार्टअपहरुबीचको अनुभव साटासाटले व्यवसायको क्रममा आउने समस्यालाई अवसरको रुपमा रुपान्तरण गर्ने दक्षता विकासका सहयोग पुग्ने विश्वास लेडिज सर्कल नेपालका अध्यक्ष रश्मी दासको छ । जनसंख्यामा आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाको सशक्तीकरण नभई आर्थिक र सामाजिक विकासको रुपान्तरण सम्भव नहुने निष्कर्षका साथ महिलाहरुलाई उद्यम व्यावसायमा अगाडि बढाउनका लागि सम्मेलनको आयोजना गर्न लागिएको दासको भनाई छ ।

 

कार्यक्रममा  महिला उद्यमीहरुले बनाएका  बस्तुको प्रचार प्रसारकालागि निशुल्क रुपमा १० वटा प्रर्दनी स्टलको ब्यवस्था गरिएको छ । पर्सा जिल्लाको ग्रामीण भेगमा रहेका वा बजारका महिलाहरुले घरमा उत्पादन गरेको बस्तुको बजारीकरणकोलागि फाइदा हुने गरि स्टलको ब्यवस्था गरिएको दासले बताइन । स्टल निशुल्क  रुपमा उपलब्ध गराइने आयोजकले जनाएका छन । 


अध्यक्ष अनुप अग्रवालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अंकिता कर्णले गर्नुभएको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.