logo

बिधुत प्राधिकरणका कार्यकारी प्रमुख घिसिङसंग बिजुलीको महशुल घटाउन माँग

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १८ गते ०६: २३ मा प्रकाशित     790   पटक पढिएको

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताको अध्यक्षतामा सङ्घको सभाकक्षमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग संग भेटघाट तथा अन्तरक्रिया गरेको थियो ।  

 


भेटघाटको क्रममा सङ्घका अध्यक्ष  सुबोधकुमार गुप्ताले नेपालमा विद्युतको प्रति युनिट मूल्य दक्षिण ऐशियाका अन्य मुलुकभन्दा बढी भएकोले मूल्यमा सुधारको सुझाव दिनु भयो ।

 

उहाँले  वर्षो पुराना विद्युत पूर्वाधारलाई नयाँ र परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो ।    विद्युतका पुराना भौतिक पूर्वाधारले यस क्षेत्रको औद्योगिककरणको गतिलाई अवरुद्ध गरेको र   गुणस्तरीय विद्युतको आपूर्तिमा समस्या रहेको अध्यक्ष गुप्ताले बताउनु भयो । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले गुणस्तरीय विद्युत आपूर्तिहेतु आवश्यक पूर्वाधार, ट्राँन्समिशन लाईन, ३३ केभिए लाईनलाई १३२ केभिएमा परिवर्तन गर्ने र विद्युतको माँग भए बमोजिम विद्युत सप्लाई गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

 


साथै उहाँले मुलुकमा ६० प्रतिशत विद्युत आपूर्तिलाई ९० प्रतिशतमा पु¥याएको जानकारी दिदै दै नेपालमा अहिले पनि कतिपय ठाउँमा २४ औं घण्टा लोडसेडिङ्ग रहेकाहरुलाई पनि विद्युत आपूर्ति गर्ने नेपाल विद्युत प्राधिकरणको अबको नयाँ च्यालेन्ज रहेको बताउनु भएको थियो । 

 


सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठ, सङ्घका पूर्व अध्यक्ष प्रदीपकुमार केडिया, सङ्घका उपाध्यक्ष माधव राजपाल, नेपाल विद्युत प्राधिकरण प्रदेश नं. २ प्रमुख, नेपाल विद्युत प्राधिकरण वीरगञ्जका प्रमुख साथै सङ्घका कार्यसमिति सदस्य, वरिष्ठ उद्योगी व्यवसायीका हरुको उपस्थिति रहेको थियो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.